गम्भिर संक्रमितको घरमै अक्सिजन सिलिन्डर पुर्याउन नगरप्रमुख पाण्डेको निर्देशन

खबरशाला संवाददाता  |  बैशाख १६, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरका गम्भिर प्रकृतिका कोरोना संक्रमितहरुलाई घरमै अक्सिजन सिलिन्डर पु¥याउनका लागि निर्देशन दिएका छन् । संक्रमणको दर एकाएक उकालो लागेपछि कोरोना विशेष अस्पतालमा विरामी राख्ने ठाउँ नहुँदा धेरै संक्रमितहरुले घरमै उपचार गरिरहेका छन् ।

‘अहिले हामी अक्सिजन सिलिन्डर संकलनमा लागेका छौ, केही ठाउँमा आज नै पु¥याउने गरी तयारी गरेका छौ’ तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए । उनले काठमाडौबाट ठूलो परिमाणमा अक्सिजन सिलिन्डर आउन थालेको पनि वताए ।


नगरप्रमुख पाण्डेको निर्देशनमा कोरोनाका जोखिमयुक्त विरामीहरुको उपचारका लागि तुलसीपुर ८ अश्वारामा रहेको मेट्रो अस्पताल समेत सञ्चालनमा आउने थालेको छ । अस्पतालमा भौतिक निर्माणको काम सकिएर अहिले स्वास्थ्य उपकरणको व्यवस्थापन भइरहेको छ ।


नगरप्रमुख पाण्डेले सार्वजनिक अपिल गर्दै घरमै आइसोलेसनमा बसेका र अक्सिजन पाउन नसकेका बिरामीहरुलाई स्वास्थ्य शाखामा जानकारी गराउन अनुरोध गरेका छन् ।

यसअघि तुलसीपुरले यही नै निशुल्क कोरोना परिक्षणको सुरुवात गरिसकेको छ ।

केही दिनयता घरमै आईसाेलेसनमा बसेका बिरामीहरु अक्सिजनकाे अभावमा ज्यान गुमाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस