हाईस दुर्घटनामा तुलसीपुरका बालककाे ज्यान गयाे, बाबुआमा घाईते

खबरशाला संवाददाता  |  बैशाख ०७, २०७८

तुलसीपुर, ७ बैशाख । पश्चिम दाङमा हाइसले मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुरका एक बालकको मृत्यु भएको छ भने आमा–बुबा घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निबासी ८ बर्षका बालक स्पर्श आचार्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

मृतक बालकका बुवा ३९ बर्षका सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको डिएसपी सिंहले बताए। पश्चिम दाङको सितापुरबाट तुलसीपुर आउँदै गरेको रा५प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हाइसले बबई गाउँपालिका–६ पञ्चकुलेको ओरालोमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

पिडित परिवार सितापुरमा रहेको ससुरालीमा चैते दशैको ठिक थापेर तुलसीपुर फर्कदै थिए । घटना लगत्तै चालक फरार रहेका छन् ।सुदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र पार्वताको घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस