२ सय छोरीलाई साईकल बाँड्दै तुलसीपुर

फागुन १, २०७७


तुलसीपुर । छोरी शिक्षामा जोड दिदै तुलसीपुर उपमहानगरपालिकाले यहाँका २ सय छोरीहरुलाई एकैपटक साईकल वितरण गर्न लागेको छ । टाढा विद्यालय भएका तर साधनको अभावमा हिडेर जान नसक्ने अवस्थालाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन २४ गते वितरण गर्न लागिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले साईकल सहयोगका लागि विभिन्न सामाजिक संघसंस्थासँग समन्वय समेत गरिएको वताए । ‘यस क्षेत्रका विभिन्न संघसंस्थाको सहयोगमा हामीले यस्तो कार्यक्रम अगाडी वढाएको हौं’ नगरप्रमुख पाण्डेले भने ।


वातावरणीय र स्वास्थ्यका हिसाबले साईकलको धेरै महत्व भएको भन्दै उनले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्न लागेको समेत जानकारी दिए ।

‘आजको समयका लागि साईकल केवल सवारीको साधन मात्रै नभएर शहरको पहिचान समेत भइसकेको छ ’ पाण्डेले भने । साईकल चढ्ने मान्छेप्रति सम्मानजनक व्यवहार अहिले पनि हुन नसकेको भन्दै अभियानले नयाँ सन्देश प्रवाह गर्नेमा विस्वस्त रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस