तुलसीपुर उपमहानगरपालिका, जसले देशमै पहलकदमी लियो

फागुन ११, २०७७

सधै अन्तिममा आउने तुलसीपुरले तीन वर्षयता पटक पटक पहिलो भएर विभिन्न सम्मान थाप्दै आएको छ ।


तुलसीपुर । स्थानीय सरकारका रुपमा तुलसीपुर उपमहानगरपालिकाले विभिन्न नमुना काम गरेर देशमै पहलकदमी लिएका छ । यसभन्दा अगाडी पनि जनप्रतिनिधिका रुपमा अनुभव हासिल गरिसकेका नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारका रुपमा नमुना कामहरु अगाडी सारेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखका रुपमा निर्वाचित भएपछि घनश्याम पाण्डेले स्थानीय सरकार सञ्चालन ऐन अन्डरलाईन गरेर पढे । स्थानीय निकायलाई संघीयताले स्थानीय तहका रुपमा अधिकार सम्पन्न बनाएको थियो । उनीसँग २०५४ सालमा उपमेयर हुनुको अनुभव त थियो तर अधिकार र जनअपेक्षाको दृष्टिले निकै फरक थियो ।


दाङ जिल्लाको घोराही र तुलसीपुर जुम्ल्याहा उपमहानगरपालिका मानिन्छन् । दुईवटै स्थानीय तह एकैपटक उपमहानगरपालिका भएका थिए । जननिर्वाचित जनप्रतिनिधि आउनुभन्दा अगाडी कार्यसम्पादन मुल्यांकनमा घोराही सधै अब्बल आउने अनि तुलसीपुर सधै अन्तिममा । “ चुनौति होईन नराम्रोलाई राम्रो गर्ने मसँग उचित अवसर थियो” पाण्डेले भने । उनले त्यही अवसरलाई छोपेर रोडम्याप वनाए ।


घर आँगनको सरकार भएकाले जनताका सानाभन्दा साना कुराहरु पुरा गरिदिनुपर्ने दायित्व अनि अर्कातिर उपमहानगरपालिकाको दीर्घकालिन प्रभाव पार्ने योजना अगाडी वढाउने चुनौति । पाण्डेले सबैकुरालाई पहिलो चरणमा सुक्ष्मतम ढँगले अध्ययन गरे, विश्लेषण गरे, पढेर र परेर सिकेकाहरुलाई भेटे । संघीयतासँगै जनताका आकंक्षाहरु बाक्लिएका कारण उनलाई गर्दै सिक्दै अगाडी वढ्ने अवसर पनि थिएन ।


पाँच वर्षमा गर्ने महत्वपूर्ण योजनाको वर्गिकरण गरेर उनले काम अगाडी वढाए । उनको पहिलो प्राथमिकतामा पर्यो स्वास्थ्य । विभिन्न विकट गाविसहरुलाई गाँभेर उपमहानगरपालिका वनाइएको तुलसीपुरमा डोकोमा बोकेर स्वास्थ्य उपचार गर्न आउने समस्या थियो कतिपय ठाउँमा । १९ वटै वडामा स्वास्थ्य चौकी खोले । दुर्गम भेगमा वर्थिङ सेन्टर सञ्चालन गरे ।

नियमित चेकजाँच र अस्पतालमै वच्चा जन्माउन थालेपछि मातृशिशु मृत्युदर शुन्यमा झर्यो ।

गर्भवती महिलाहरुलाई अनिवार्य अस्पतालमै वच्चा जन्माउन प्रेरित गर्नका लागि ५ हजार प्रोत्साहन भत्ता दिने अभियान चलाए । नियमित चेकजाँच र अस्पतालमै वच्चा जन्माउन थालेपछि मातृशिशु मृत्युदर शुन्यमा झर्यो । सरकारले सबै स्थानीय तहमा अस्पताल वनाउने भनेर देशैभर शिलन्यास गर्दा तुलसीपुरले भने मेट्रो अस्पतालको उद्घाटनको तयारी गर्दैछ ।


दोस्रो प्राथमिकतामा थियो शिक्षा । तुलसीपुर उपमहानगरपािलका भित्र ५० हजार बढी विद्यार्थीहरु अध्ययन गर्थे तर प्राविधिकका साथै अलि फरक विषय अध्ययन गर्नुपर्यो भने टाढा जानुपर्ने वाध्यता थियो । उनले प्राविधिक विषय अध्यापन गराउने सामुदायिक विद्यालयलाई १० लाख अनुदान दिने योजना ल्याए ।

यस क्षेत्रका १० वटा विद्यालयले प्राविधिक विषय अध्यापन गराउन सुरु गरे । विद्यार्थी रोकिए । प्राविधिक जनशक्ति उत्पादन हुन थाले । उनले प्राविधिक शिक्षाको दायरा थप फराकिलो वनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) संग उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालय माफर्त विभिन्न प्राविधिक विषयहरु अध्यापन गराउन थाले ।

“सिटिइभिटीसँग स्थानीय सरकारले साझेदारी गरेर कलेज चलाउन सकिन्न भन्ने मोडालिटीको विकासका लागि विभिन्न चरणमा पहल गरेर सम्भव भयो ” अहिले देशैभर २ सय भन्दा वढि स्थानीय तहले यो मोडलबाट प्राविधिक शिक्षा सञ्चालन गरेपनि सबैभन्दा पहिलोपटक तुलसीपुरले नै सुरु गरेको थियो ।

एक वर्ष पहिला तुलसीपुरले सुरु गरेको मर्जको नीति सरकारले यो वर्ष लागु गर्नका लागि विद्यालयलाई अनुदान समेत दिएको छ ।


शिक्षाकै विकासका लागि उनले तुलसीपुर मेट्रो कलेज मार्फत स्नातक तहमा कानुन विषयको अध्यापन भइरहेको पनि वताए । “विश्वविद्यालयसँग साझेदारीमा हामी नै नेपालको एकमात्र कलेज हौं” उनले भने । शिक्षामा सबैले सिक्ने अर्को काम पनि भयो तुलसीपुरमा । कतै विद्यार्थी थोरै शिक्षक धेरै अनि कतै विद्यार्थी धेरै शिक्षक कम ।

उनले विद्यार्थी कम संख्या भएको विद्यालयलाई धेरै विद्यार्थी संख्या भएको विद्यालयमा मर्ज गरे । शिक्षक पनि मर्ज भए । सबै समस्या समाधान भयो । यही कुरा उनले शिक्षामन्त्रीका बीचमा राखे । एक वर्ष पहिला तुलसीपुरले सुरु गरेको मर्जको नीति सरकारले यो वर्ष लागु गर्नका लागि विद्यालयलाई अनुदान समेत दिएको छ ।

तुलसीपुरका सबै ठाउँमा बाटो विस्तार नहुनका साथै केयौ विकट वडामा बाटो समेत पुगेको थिएन । जनताबाट केयौ गुनासो आउने गरेको थियो । सबैका माग सम्बोधन गर्न सिमित वजेटले सम्भव पनि थिएन । उनले नयाँ योजना अगाडी सारे ।

जहाँ दैनिक ३ सय किसानहरुले तरकारी विक्री गर्न सक्ने संरचना वनेको छ ।

तुलसीपुर पूर्वाधार विकास प्राधिकरणको गठन । वार्षिक २० करोड जति रकम सडक पूर्वाधारमा खर्च गरेपनि जनताको गुनासो सम्बोधन गर्न नसकेपछि उनले निर्माण यन्त्रहरु खरीद गरे । अहिले तिनै यन्त्र प्रयोग गरेर १ हजार किलोमिटर भन्दा वढि सडक विस्तार गर्ने काम भएको छ भने , वार्षिक ६० किलोमिटर सडक कालोपत्रेका लागि तयारी पुरा भएको छ ।

अहिले विभिन्न स्थानीय तहहरुले यसको सिको समेत गरिरहेका छन् । “काम पनि भयो , साधन पनि जोडियो ” उनले भने ।


तरकारीखेतिमा आत्मनिर्भर हुँदै गएको तुलसीपुर बजारमा किसानका लागि तरकारी विक्री कक्ष थिएन उनले व्यवसायी र किसानलाई एकैठाउँमा जोड्नका लागि कृषि वजार निर्माण गरे । जहाँ दैनिक ३ सय किसानहरुले तरकारी विक्री गर्न सक्ने संरचना वनेको छ । अहिले यो बजार सबैका लागि सिकाई वन्दै गएको छ ।


कोभिडका कारणले सबैजना घरमा वन्द थिए । हुने खानेका लागि केही दिनको वन्दले जीवनयापनमा खासै समस्या त पारेन । तर हुँदा खानेहरुका लागि भने निकै जटिल वन्यो । गरिब तथा विपन्न वर्गका लागि केही राहतको कार्यक्रम पनि सञ्चालन भयो तर त्यो दीर्घकालिन रुपमा सञ्चालन गर्न सम्भव थिएन ।

उनले काम गर्ने तर कोभिडका कारण काम गुमाएकाहरुलाई श्रम गराएर खाद्यान्न दिने नीति वनाए । वास्तविक श्रमिकहरु काम गर्न आए पनि खाद्यान्न लगेर चुलो बाले । एकातिर खाद्यान्न बैक स्थापना गरेर उनले हुने खाने मनकारीबाट खाद्यान्न जुटाए अर्कातिर श्रम बैक मार्फत श्रमिकहरुलाई कामको अवसर सृजना गरेर खाद्यान्न वितरण गरे । यो अभियान अन्य पालिकाका लागि पनि सिकाईको विषय वन्यो ।

हरेक वडामा खेल मैदान निर्माण भएको छ,सबै वडामा इन्टरनेट पहुँच पुर्याएर जनताले घर आँगनबाटै सबै सेवा पाउन सफल भएका छन् ।


कुनै पनि ठाउँको पहिलो परिचय मानिने बसपार्क निर्माणको काम सकिएको छ , बालबिवाह अन्त्य गर्न र छोरीहरुलाई स्मार्ट वनाउन स्मार्ट छोरी कार्यक्रम मार्फत छोरी जन्मेदेखि २० वर्षसम्म उपमहानगरपालिकाले पैसा खातामा राखिदिने अभियान सुरु भएको छ , पैसा नहुने गरिब विपन्नको घरमा रहेको खरको छानो फालेर सुरक्षित टिनको छानो छाउने सुरक्षित आवास कार्यक्रमले उपमहानगरपालिकालाई खरको छानोमुक्त वनाउँदैछ, ज्येष्ठ नागरिकको सम्मान स्वरुप घरमै न्यानो कपडा वितरण गरिन्छ, विमानस्थल भएर पनि विमान सञ्चालन हुन नसकेको टरिगाउँ विमानस्थलमा नियमित विमान सञ्चालन भएको छ ।

हरेक वडामा खेल मैदान निर्माण भएको छ,सबै वडामा इन्टरनेट पहुँच पुर्याएर जनताले घर आँगनबाटै सबै सेवा पाउन सफल भएका छन् ।


तुलसीपुर उपमहानगरपालिकाकै पहलमा यहाँको पहिचानका रुपमा आधुनिक व्यापारीक कम्प्लेक्स वन्दैछ । “प्रतापकोटमा बाटो र वत्ति चाहिएको थियो त्यो पुर्यायौ, वजारलाई सुन्दर वनाउन कम्प्लेक्स वनाउँर्दैछौ” नगरप्रमुख पाण्डेले ठाउँ अनुसार विकासको मोडल फरक फरक हुने वताए ।


सधै अन्तिममा आउने तुलसीपुरले ती वर्षयता पटक पटक पहिलो भएर विभिन्न सम्मान थाप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस