एनसेल एपको नयाँ भर्सन डाउनलोड गर्दा १ जीबी डेटा निःशुल्क

फागुन ११, २०७७

काठमाडौं । एनसेलले आफ्नो एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि सजिलै विभिन्न सेवा लिन सकिने र आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सकिने गरी एपको नयाँ भर्सन ल्याएको हो ।

नयाँ भर्सनसँगै एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गरिने जनाएको छ । यो नयाँ संस्करण कम्पनीले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ । एपको नयाँ संस्करण प्रयोग गर्ने ग्राहकले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु गर्ने लगायत विभिन्न सुविधा पाउनेछन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मूख्य स्क्रिनमा नै पाउने छन् । साथै एपको मूख्य स्क्रिनको तल्लो भागमा रहेको शप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सकिन्छ ।

त्यसैगरी यो संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु पनि गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ ।

यसबाट यूएसएसडी कोड बिना नै सेवाहरु सुचारु गर्न मिल्छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीले बताएको छ ।

‘यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेका छौं,’ कम्पनीले भनेको छ, ‘निकै सराहाना गरिएको एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास छ ।’

विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाका लागि यो एप प्रयोग गर्न सक्नेछन् । एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो ।

एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ । एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

एनसेल एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् अनि एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । टेकपानाबाट

प्रतिक्रिया दिनुहोस