मेट्रो कलेज तुलसीपुरको प्रतिष्ठा : नगरप्रमुख पाण्डे

फागुन ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज तुलसीपुरको प्रतिष्ठा भएको नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् । यस क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि कलेज सञ्चालन गरिएको वताउँदै नगरप्रमुख पाण्डेले देशैभरका विद्यार्थीहरु तुलसीपुरमा आउन थालेको वताए । ‘अहिले कानुन पढ्नका लागि देशका विभिन्न भागबाट विद्यार्थीहरु आइरहेका छन्’ उनले भने ।


किताबी ज्ञानसँगै विद्यार्थीहरुमा केही नयाँ सीप सिकाउने अभियान स्वरुप प्राविधिक शिक्षालय स्थापना गरिएको उनको भनाई थियो । ‘यहाँबाट निस्कदा विद्यार्थीहरु ज्ञानसँगै सीप पनि सिक्ने हाम्रो लक्ष्य हो ’ उनले भने ।

तुलसीपुर मेट्रो कलेजमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आजको युगमा प्राविधिक शिक्षाको महत्व हुने कुरामा जोड दिए । कार्यक्रममा उपप्रमुख माया शर्माले नयाँ विद्यार्थीहरुको सफलताको कामना गरिन् ।

वडा नम्बर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले विद्यार्थीहरुमा अनुशासन अपरिहार्य हुने वताउँदै कलेजले नयाँ पहिचान निर्माण गर्दै अगाडी वढ्ने वताए ।


कलेजका प्रमुख वसन्त आचार्यले विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर कलेजलाई विद्यार्थीमैत्री कलेजका रुपमा स्थापना गरिने कुरामा जोड दिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा कलेज सञ्चालक समिति सदस्य शम्भु रेग्मी , विद्यार्थी स्पन्दनराज भुषाल, सन्दिप मल्ल लगायतले मन्तव्य राखेका थिए । विद्यार्थी रोशन डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विपना ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस