दाङ उद्योग वाणिज्य संघको अधिवेशन पुस २० मा

खबरशाला संवाददाता  |  पुष ०१, २०७७

दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं अधिवेशन पुस २० गते हुने भएको छ । संघको कार्यसमिति तथा पूर्व अध्यक्षहरुसहितको बैठकले निर्वाचनको मिति तोकेको हो ।

निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिने छ । बैठकले निर्वाचन गराउनका लागि जिल्ला बारको अध्यक्ष शिवप्रसाद घिमिरे प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समिति चयन गरेको छ । निर्वाचन समितिको सदस्यमा मणिराम आचार्य (मौसम) र प्रदीप गौतम रहेको संघका महासचिव नरेश कार्कीले बताए ।

बैठकले साधारणसभा तथा अधिवेशनका सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले नारायणप्रसाद भुसालको संयोजक रहेको अतिथि छनोट तथा सत्कार समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पूर्व अध्यक्षहरु धुवराज श्रेष्ठ (भारी), चन्द्रराज पन्त छन् । मञ्च व्यवस्थापन समितिका संयोजकमा महेन्द्र बुढाथोकी छन् ।

समितिका सदस्यहरुमा पिताम्वर शर्मा र छविनारायण गिरी छन् । त्यसैगरेर प्रतिवेदन तयारी समितिको संयोजकमा नरेश कार्की छन् । समितिका सदस्यहरुमा सुशील पोख्रेल र विन्दु दाहाल छन् । जलपान व्यवस्थापन समितिको संयोजकमा सुशील पोख्रेल छन् । समितिका अन्य सदस्यहरुमा टंकसिंह पोख्रेल (कमल) र रामप्रसाद पोख्रेल छन् ।

त्यसैगरी सम्मान तथा पुरस्कार व्यवस्थापन समितिको संयोजमा माया पोख्रेल रहेकी छिन् । समितिका अन्य सदस्यहरुमा मिनराज भाट र धनपति शर्मा छन् । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघको स्वर्ण जयन्ती तथा साधारणसभा आउँदो पुस १८ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस