गायक सरोज हुसेनको “मनले खोज्छ” मर्म स्पर्शी गितको सार्वजनिक

मङि्सर २८, २०७७

गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत मंसिर २८ गते आईतबार साँझ ४ बजे बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको छ। निराजन चाैधरिकाे शब्द रहेकाे छ उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ ।

३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ । अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काको छँयांकन रहेको छ ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् । चलचित्र भावमा तयार भएको मनले खोज्छ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् । संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन्

म्युजिक भिडीकाे हेर्नकाे लागि ः https://www.youtube.com/watch?v=7AraB-N3QNo&feature=youtu.be&fbclid=IwAR1J87pCFH7NqSvoGNyxpXXXPlWbN25bZgiLA0c7r0_GL3GMOLNpq0MKvHg

प्रतिक्रिया दिनुहोस