नगरबासीले दीपावली गरौ : नगरप्रमुख पाण्डे

खबरशाला संवाददाता  |  असोज २०, २०७७


तुलसीपुर । प्रदेश नम्बर ५ को राजधानी देउखुरी र नाम लुम्बिनी भएको खुसीयालीमा सम्पूर्ण नगरबासीलाई दिपावली गर्न नगरप्रमुख घनश्याम पाण्डेले अनुरोध गरेका छन् । लामो समयपछि दाङ्गले न्याय पाएको वताँउदै नगरप्रमुख पाण्डेले राजधानी वनाउनका लागि सक्रिय सबै नेतृत्वको सम्मान र खुसीयालीका लागि दिपप्रज्ज्वलन गर्न उनले आग्रह गरेका हुन् ।

‘देउखुरी राजधानीका रुपमा घोषणा हुनु तुलसीपुरबासीका लागि गौरबको कुरा हो ’ पाण्डेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस