काेराेनाले ब्यवसायी विस्थापित

खबरशाला संवाददाता  |  भदौ २३, २०७७


तुलसीपुर । कोरोना भाइरसको महामारीका कारण ब्यापार ठप्प भएपछि दाङका अधिकांस ब्यवसाय संकटमा परेका छन् । महामारीले सिर्जना गरेकोे असहज परिस्थिती र मुलुकमा जारी लकडाउनका कारण बर्षौदेखि गर्दै आएको पेशा र ब्यवसायबाट बिस्थिापित हुनुपर्ने अवस्था आएको छ ।

दाङमा बितेको ५ महिनामा १ सय ४४ जना ब्यवसायीहरु बिस्थापित भएका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका अनुसार होटल, पर्यटन, यातायात ब्यवसायीहरुका साथै सम्पुर्ण ब्यवसायी मारमा परेका छन् ।

यसरी बिस्थापित हुनेमा घोराही, तुुलसीपुर र लमही बजारका साना तथा ठुला ब्यवसायीहरु धेरै रहेका छन् । चैतयताको लकडाउनका कारण बहालमा सटर र घर भाडमा लिएर ब्यवसाय गर्नेहरुले घरबहाल बुझाउन नसक्दा बर्षौदेखि गर्दै आएको ब्यापार ब्यवसाय छाड्नु परेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले वताए ।


छोटो समयका लागि मात्रै बजार खुल्दा व्यवसायीले सोचे अनुसार व्यवसाय गर्न नसकेको तुलसीपुर उद्योग वाणिज्य संघको महासचिव रुपवहादुर खत्रीले वताए । उनले व्यवसायीलाई सरकारले केही राहत उपलब्ध गराउनुपर्ने कुरामा जोड दिए ।

यस्तै लामो बन्दाबन्दिका कारण होटल ब्यवसायीहरु पनि निकै मारमा परेका छन् । दाङमा साना तथा ठुला गरी १ हजार ३ सय ७३ होटल रहेका छन् भने लकडाउनका कारण सबै बन्द हुदा ब्यवसाय नै संकटमा पुगेको दाङ देउखुरी होटल ब्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डाँगीले वताए ।

प्रतिक्रिया दिनुहोस