समिर आचार्यको भुरभुर पुतली (भिडियाे सहित)

खबरशाला संवाददाता  |  भदौ १६, २०७७

तुलसीपुर । समिर आचार्य युवा पुस्ताका लागि लोकप्रिय नाम हो । लगातार हिट गीत दिएका गीत गायक युट्युव ट्रेन्डिङ गायकको रुपमा पहिचान वनाएका छन् । गायक आचार्यले लामो समयपछि भुरभुर पुतली सार्वजनिक गरेका छन् । समिरलाई यसमा साथ दिएकी छिन् सुरेखा क्षेत्रीले । अहिले टिकटकमा लोकप्रिय हुँदै गएको गीतको भिडियोमा पुष्प खड्का र गरिमा शर्माले मोडलिङ्ग गरेका छन् ।


भमरा र पुतलीका माध्यमबाट प्रेमील जोडिले एक अर्काको मनको कुरालाई गीतमा खोलिएको छ । राजेन्द्र भट्टको संगीत र शब्द रहेको गीतको म्युजिक भिडियो अहिले युट्युवमा निकै लोकप्रिय हुँदै गएको छ । किसन रेग्मीले निर्माण गरेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । युएस खबर युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस