स‌ंकटमा राजनैतिक दलसँग याचना

प्रकाश रेग्मी“राजन”  |  भदौ १५, २०७७

सन २०२० को सुरुवातदेखि वर्षको मध्यसम्म आईपुग्दा विश्वभरविपद्को त्रासदिपूर्ण वातावरणको अवस्था छ । विश्व जनसमुदाय विशेष गरी कोरोना अर्थात कोभिड १९ बाट आक्रान्त भएका छन् । नेपालले पनि कोरोनाको महामारी, सलह आक्रमण र बाढी तथा पहिरोको विभिन्न विपद्हरुको सामना गर्नु परेको छ ।

यस्ता विपद्ले मानवको व्यक्तिगत, परिवारीक र समूदायको सामाजिक, आर्थिक,भौतिक, राजनीतिक आदि व्यवस्थापनमा जटिलता थपिदिएको छ । खासगरी यी विपद्हरुको प्रत्यक्ष मार विपन्न मुलुकका जनतालाई पर्न गएको छ ।हाम्रो मुलुकका जनतालाई गाँस बासको जोहो गर्न र जीउज्यान जोगाउन मुश्किल परेको छ । तसर्थ विपद्लाई जनजीविकामा प्रत्यक्ष असर पार्ने विषय मान्न सकिन्छ ।

विशेषगरी मानव संसर्गलाई कम गर्न भिडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने, माक्स प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने र स्यानीटाईजर प्रयोगबाट केही हदसम्म मानवबाट मानवमा सर्नबाट कोरोनाको चेनब्रेक गर्ने उपायमा जोड दिईएको छ ।


यस वर्ष नेपालमा विशेष गरी तीन वटा विपद् आईपरेका छन् । पहिलो विपद् जनस्वास्थ्यसँग सम्बन्धित छ । गत चैतबाट नेपालमा देखापरेको अदृष्य कोरोना विषाणु अर्थात कोभिड १९ नेपालमा मात्र होईन विश्वभर तीव्र रुपमा फैलनेक्रम अझै रोकिने छाँट छैन । कोरोना महामारीले कुनै भेदभाव नगरी आतङ्क मच्चाईरहेको छ । नेपाल लगायत विश्वभर मृत्यु हुनेको संख्या र संक्रमितको संख्या निरन्तर बढिरहेको छ । यसले मानव जीवनलाई आकूल व्याकूल पारिरहेको छ ।


नेपालमा पनि पछिल्लो समयमा दिन प्रतिदिन संक्रमणको जोखिम बढिरहेको छ । झनझन दिन प्रतिदिन जोखिम उच्च बन्दैछ । यस्तै रहिरहे बेहालको स्थिती नआउला भन्न सकिदैन । समुदायस्तरमा देखापरेको कोरोनाले मानव समुदायको जीवनयापन चुनौतीपूर्ण बन्दैछ । कोरोना नियन्त्रणको औषधीहरूको विकास नभइसकेको अवस्थामा संक्रमण रोकथामका विधि अपनाउनुनै कोरोनाबाट बच्ने उत्तम उपायहरू ठानिएको छ । विशेषगरी मानव संसर्गलाई कम गर्न भिडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने, माक्स प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने र स्यानीटाईजर प्रयोगबाट केही हदसम्म मानवबाट मानवमा सर्नबाट कोरोनाको चेनब्रेक गर्ने उपायमा जोड दिईएको छ । कोरोनालाई निरुत्साहित गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ आहारब्यवहार तथा सन्तुलित जीवनपद्धति उपयुक्त मानिन्छ ।


दोस्रो विपद्को स्वरुप सलह रह्यो । अन्नबाली उत्पादनमा असरपार्ने कृषिजन्य उपजमाथिको विपद् नै मान्न सकिन्छ सलहलाई । नेपाली उखान छ “मानो रोपेर मुरी फलाउने” यस समयमा बालीनाली सखाप पार्ने सलह कीराले ल्याएको विपद् बेहोर्नुपर्ने अवस्था आयो । अफ्रिकी मुलुकबाट उत्पन्न भएका भनिएका सलह किरा लामो समयदेखि भारतका विभिन्न स्थानमा देखिएका र विस्तारै नेपाल प्रवेश गरे । गत जेठरअसारमा सलह किराका झुण्ड एकाएक नेपालमा प्रवेश गरको पाईन्छ ।

यस वर्ष आएको बाढी र पहिरोले जनधनको ठूलो नोक्सानी भएको छ । यो विपद्को अवस्थाबाट पनि नेपाली आम जनता अझै त्रसित नै छन् ।

विशेषगरी नेपालका मध्य तराई र पहाडमा सलहको अत्यधिक संख्या देखा पर्यो । समूहमा बस्न मन पराउँने, उडान गर्ने, फट्याङ्ग्रा प्रजातिको सलह कीरा देखा परेपछि आमकृषकमा चिन्ता र निरासा थपियो । मुलुकको अन्नभण्डारका रुपमा रहेका खेतीयोग्य क्षेत्रमा बथान सहित आएका सलह किराले क्षति पुर्याए् । हरियो वनस्पतिलाई आक्रमण गर्ने सलह कीरालाई फट्याङ्ग्रा प्रजातिको र अमेरिकी फौजी किराभन्दा कयौं गुणा खतरनाक मानिएको छ ।


तेस्रो विपद् मौसमसँग सम्बन्धित छ । नेपालमा जुन १० देखि अधिराज्यभर मनसुन सक्रिय रहेकोे छ । मनसुन सक्रिय भएर भारी वर्षा हुन गई बाढी तथा पहिरोको मार आमजनताले खेपेका छन् । अविरल बर्षाका कारण आएको बाढीले तराई क्षेत्रमा र पहाडी क्षेत्रमा पहिरोले बितण्डा मच्चिएको छ । नेपाल अधिराज्यभर पूर्वदेखि पश्चिमसम्म दर्जनभन्दा बढी बाढी र पहिरोका घटना घटेका छन् ।

पहाडी क्षेत्रमा पहिरोका साथसाथै बाढी गएको छ भने तराईका क्षेत्रमा बाढी तथा डुवानको अवस्था छ । भारी वर्षाका कारण आएको बाढी र पहिरोमा ठूलो धनजनको क्षति भएको छ । थुप्रै मानिसहरु हराइरहेका पनि छन् । यस वर्ष आएको बाढी र पहिरोले जनधनको ठूलो नोक्सानी भएको छ । यो विपद्को अवस्थाबाट पनि नेपाली आम जनता अझै त्रसित नै छन् ।

कोरोना, सलह, बाढी र पहिरोले करोडौंको क्षती भएको छ । यस्ता विपद्बाट नेपालका सामाजिक र आर्थिक क्षेत्र बढी प्रभावित भएका छन्


जलवायु परिवर्तनका कारण कोरोना भाईरस संक्रमण, सलह किराको आक्रमण र अविरल एवं भिषण वर्षाको जोखिम उच्च देखिएको छ । कोरोनाका कारण लामो समयदेखि जारी रहँदै आएको लकडाउन र हालको निषेधाज्ञाले मुलुकको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । कोरोना भाइरस, सलह किरा र अधिक वर्षा मानवजातीलाई क्षति पु¥याउन सक्ने तत्वहरु हुन् । यस्ता जनस्वास्थ्यमा असर पार्ने, बालीनाली नोक्सानी गर्ने र वर्षाजन्यविपद्बाट हामी जोगिनुपर्ने चुनौती पनि त्यत्तिकैे छ । जनस्वास्थ्य, कृषि र वर्षाजन्य विपद्को भयावह अवस्थाले मुलुकमा जनधन नोक्सानीले झनझन् समस्या आउने अनुमान सहजै गर्न सकिन्छ ।


नेपालमा विदेशबाट आएका नेपालीहरुबाट कोरोना भाईरस र पूर्वबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा एवं मनसुनी वायु प्रवेश भएको थियो । शुरुशुरुका दिनहरुमा भन्दा अहिले एकातिर कोरोना भाइरस संक्रमणको बढ्दो र फैलँदो स्थिती छ भने अर्काेतिर वर्षाजन्य विपद्को त्रास अत्यधिक छ । अहिले मत्थर देखिएको सलह किराभन्दा पनि कोरोना र वर्षाबाट उत्पन्न विपद्को असर भयावह देखिन्छ । थुप्रै संख्यामा नेपाल भित्रिएका व्यक्तिबाट तीब्र रुपमा कारोना फैलने क्रमले जोखिम उच्च बनाएको छ ।


त्यसैगरी भारतीय पक्षले नेपाल भारत सीमामा बनाएका बाँधका कारण डुवानबाट तराईका नागरिक संकटमा परेका छन् । कोरोना, सलह, बाढी र पहिरोले करोडौंको क्षती भएको छ । यस्ता विपद्बाट नेपालका सामाजिक र आर्थिक क्षेत्र बढी प्रभावित भएका छन् । नेपालमा जनस्वास्थ्य चेतनाको कमी, कृषि प्रणालीको अव्यवस्थापन, भौगर्भिक अवस्था, अव्यवस्थित आवासीय संरचना, बद्दो शहरीकरणका कारणले यस्ता जोखिम बढ्ने गरेको देखिन्छ ।

राजनीतिक दलहरु नत कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण फैलनसक्ने जोखिम नियन्त्रणमा एकजुट भए नत वर्षाजन्य विपद्को जोखिम न्यूनीकरणमा ।

जनस्वास्थ्यको उचित व्यवस्थापन हुन नसक्नु, कृषि सुरक्षा प्रणालीलाई कम महत्व दिँदा, प्रकृति माथिको अतिक्रमित दोहन र राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसक्दा नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ ।


विश्वमा सन् २०१९ को अन्त्यतिर देखापरेको कोरोना आतंक, भारतमा देखापरेका सलह आक्रमण र पुर्व वर्षा अर्थात प्रीमनसुन कै समयमा यसवर्ष हुनसक्ने विपद् जोखिमको आंकलनसहित सबै निकाय तयारी अवस्थामा रहनुपर्ने थियो । राजनीतिक दलहरु नत कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण फैलनसक्ने जोखिम नियन्त्रणमा एकजुट भए नत वर्षाजन्य विपद्को जोखिम न्यूनीकरणमा । कोराना भाईरसबाट उत्पन्न रोगको रोकथाम, सलह किरा नियन्त्रण, बाढी र पहिरोको जोखिम न्यूनिकरण सम्बन्धी व्यवस्थापनका कुनै पनि क्रियाकलापमा राजनीतिक दलको उपस्थिती नै छैन ।


यस्ता विपद्बाट प्रभावितको साथ र राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छैनन् । यस्ता विपद्मा जनतालाई साथ र राहत दिनमा राजनीतिक दलको उपस्थिती सून्य नै देखियो भन्दा फरक नपर्ला । यथार्थमा भन्नुपर्दा कोरोना, सलह, बाढी र पहिरो जस्ता विपद्को मारमा परेका जनताले राज्यबाट राहत र सहयोग पाएका छैनन् । विपद् व्यवस्थापन र प्रभावितहरुको राहत वितरणका लागि गैरराजनीतिक क्षेत्रले समेत सक्रियता देखाउने गर्दछन् । तर विपद्मा परेका नागरिकको समस्यामा साथ र सहयोग प्रदान गरी जनताप्रति उत्तरदायी हुनुपर्ने राजनीतिक दलहरुको क्रियाशिलता पटकै देखिदैन । तसर्थ विपद्पश्चात उद्धार र पुनःस्थापनामा राजनीतिक दलीय सक्रियता छदै छैन भन्न सकिन्छ ।

जसरी जोखिम मोलेर सरकारी संयन्त्र सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरूमा जुट्दै आउछन् त्यसरी नै राजनीतिक दल एकजुट हुनु जरुरी छ ।


नेपालमा वर्षेनी विभिन्न रोगहरु, बालीनालीको नोक्सानी, बाढी, पहिरो, भूक्षय, चट्याङ, भूकम्प,आगजनी, जस्ता विभिन्न खालका जोखिम आईपर्ने गरेका छन् । हरेक बर्ष कुनै न कुनै विपद्को समस्या नेपालीले भोग्नु परेको छ । जीउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतीजस्तै बन्ने गरेको छ । विभिन्न विपद्का कारण जीवन गुमाएका, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पीडित परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्ने बाहेक राजनीतिक दलहरुले अरु केहि गरेका छैनन् । संकटबाट पार पाउन राजनीतिक दलहरुले जनताका लागि केही न केही गर्नुपर्ने आज आमनेपाली जनताको चाहना रहेकोे छ ।


यस्ता विपत्तीहरूबाट आमजनतालाई सुरक्षित राख्न उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू सरकारले मात्र गरेर पुग्दैन । विपद्मा जनता नपरुन र सुरक्षित व्यवस्थापन गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने अनेकौं दूरगामी कार्यक्रमहरूका लागि सबै राजनीतिक दलहरुले सहकार्य गर्नु पर्दछ । जसरी जोखिम मोलेर सरकारी संयन्त्र सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरूमा जुट्दै आउछन् त्यसरी नै राजनीतिक दल एकजुट हुनु जरुरी छ । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्या न्यूनीकरणमा सरकार र राजनीतिक दलहरु आफ्ना नागरिकको साथमा रहँदै आउनु पर्दछ ।

यतिबेला राजनैतिक दलहरु आम नागरिकको जीवनरक्षामा केन्द्रित रहनु पर्दछ । कोरोनाको त्रासपूर्ण परिस्थितिमा राजनीतिक दलले समन्वयात्मक भूमिका खेल्नु पर्दछ ।


यतिबेला राजनैतिक दलहरु आम नागरिकको जीवनरक्षामा केन्द्रित रहनु पर्दछ । कोरोनाको त्रासपूर्ण परिस्थितिमा राजनीतिक दलले समन्वयात्मक भूमिका खेल्नुपर्दछ । कोरोनाबाट आमजनतालाई जोगाउँन, लापरवाही नगर्न जनतालाई चेतना अभिवृद्धिमा सहयोग गर्न सक्नु पर्दछ । क्वारेन्टाइन तथा परीक्षण कार्य लागि व्यवस्थित बनाउन सरकारलाई सहयोग गर्नु पर्दछ । साना हुन् या ठूला जुनसुकै राजनीतिक दलका कार्यकर्ताहरु तत्काल उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरूमा उपलब्ध हुन सक्दछन् । संवेदनशील विषयहरूमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई व्यवस्थिरुपलेएकतावद्धढंगले परिचालन गरिनु पर्दछ । जसले गर्दा राजनीतिक दल प्रतिको जनविश्वास कायम राख्न सकिन्छ ।


राज्यका तत्व अन्तर्गत आम नागरिकको साथसाथै सबै राजनैतिक दल पनि पर्दछन् । सम्पूर्ण जनता विपद्को भयबाट बाँच्नु पर्दछ । त्यस्तो भयरहित वातावरण सिर्जना गर्नु राजनीतिक दलको दायित्व पनि हो । नागरिकको उद्धार र राहतमा सक्रियता देखाएमा आम जनताले राजनीतिक दलहरुप्रति सकारात्मक धारणा राख्नेछन् । सरकारीस्तरबाट जनतालाई राहत सामग्री वितरण कार्यमा सरकारलाई दलहरुले साथ दिनु पर्दछ । समय समयमा उत्पन्न मानव सकसपूर्ण जोखिम न्यूनीकरण गर्न जनतालाई सहयोग गर्न दलहरु पनि तयार रहनु पर्दछ ।

विपद् व्यवस्थापनमा समयमै राजनीतिक दलले सक्रियता बढाएमा जनधनको क्षति कम गर्न सकिनेछ ।


सबै राजनीतिक दल कोरोना, बाढी र पहिरोको विपद् विरुद्ध एक ठाउँमा उभिनु पर्नेछ । उनीहरूले एकीकृत रूपमा नै सबै नागरिकलाई नआत्तिन सन्देश दिनुपर्ने भएको छ । आम नागरिकहरू भने स्वयं सर्तक रहनुपर्दछ । नागरिकप्रति बिभिन्न मुलुकले देखाएको जिम्मेवारी र कर्तव्यबोधबाट हाम्रा राजनीतिक दलहरुले पनि केही सिक्नु जरुरी छ । उच्च मनोबल बनाएर राजनीतिक दलहरु जनताकोसाथ लिएर अघि बढ्ने हो भने यस्ता विपद्बाट सबैलाई सुरक्षित राख्न सकिनेछ ।
विपद् व्यवस्थापनलाई न्यूनीकरण गर्न नेपाल सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गठन गरेको छ । यस निकायले मात्र विपद् व्यवस्थापन गर्न कठिनाई हुने र जनशक्तिको अपर्याप्तता महसुस गरिएको छ ।

त्यसैले राजनीतिक दलहरु पनि विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि पर्याप्त जनशक्ति तयार गर्न सक्रिय हुनुपर्ने छ । विपद् जोखिम न्यूनीकरणका लागि क्षतिलाई न्यूनीकरण गर्न राजनीतिक दलीय तयारी आवश्यक छ । हालको विपद् व्यवस्थापनको पूर्वतयारीको कुरा गर्दा जोखिम क्षेत्रको पहिचानमा कमी देखिन्छ । राजनीतिक दलहरुलाई जोखिम क्षेत्र पहिचानमा कठिनाई छैन । आआफ्ना चुनावी क्षेत्रको अवलोकनबाट एकिन गर्न सकिन्छ । विपद् व्यवस्थापनमा समयमै राजनीतिक दलले सक्रियता बढाएमा जनधनको क्षति कम गर्न सकिनेछ ।


सबै तह र तप्काका मानिसहरू अहिले सङ्कटमा छन् । राजनीतिक दल जनतालाई सुरक्षित राख्न सबैको हितमा एक जुट हुनु पर्दछ । यसको व्यवस्थापनमा सबै राजनीतिक दलहरुको साथ सहयोग र समन्वयको जरुरत पर्दछ । त्यसका लागि विभिन्न विपद्हरूको न्युनीकरण गर्न दलीय अन्तरसमन्वयको दीर्घकालीन राजनीतिक सहकार्य हुनु पर्दछ ।कोरोना, सलह नियन्त्रण तथा रोकथाम र बाढी पहिरोबाट धनजनको क्षति न्यूनिकरण गर्न सक्यौँ भने राजनीतिक दल अनुकरणीय बन्न सक्छन् । राजनीतिक दलहरुलाई नागरिकको साथ र सहयोगले कोरोना र सलहको नियन्त्रण र बाढी पहिरोको क्षति न्यूनिकरण गर्न सम्भव हुनेछ ।

कोरोना, बाढी र पहिरो जस्ता प्रकृतिक विपद्को अवस्थामा जनतालाई सहयोग गर्न सबै दलको एकता आवश्यक हुन्छ


आम जनता कुनै न कुनै राजनीतिक दलका भोटर अवश्य छन् । कतिपय जनता कार्यकर्ता भएर खुलेर हिडेका छन्, । कोरोना, बाढी र पहिरो जस्ता प्रकृतिक विपद्को अवस्थामा जनतालाई सहयोग गर्न सबै दलको एकता आवश्यक हुन्छ । सरकार, राजनीतिक दल र आम नागरिकले राजनीतिलाई साँच्चिकै मर्यादित र सम्मानित बनाउन इमान्दारीपूर्वक सहकार्य गर्दै प्रभावकारी प्रयास गर्ने हो भने राजनीतिबाट हराउँदै गएको मार्यादा र सम्मानलाई स्थापित गर्न सकिन्छ । जनतामा राजनीतिलाई लोकप्रिय बनाउन सकिन्छ ।


राजनीतिक दलहरुले आज जनताको सेवाभावना विकास गर्न बिर्सेका छन् । राजनीतिक दलको मुख्य कार्य नै प्रणाली निर्माण गर्ने र सुव्यवस्था स्थापित गर्ने हो । सत्तामा मात्र पुग्ने खेल होइन । हाम्रो चलनअनुसार आन्दोलनमा भाग लिनुलाई महान कार्य ठानिन्छ तर मानव जगतमा आईपर्ने आजको समयमा देखापरेका जस्ता विपद् व्यवस्थापनमा कुनै चासो दिएको पाइदैन । नेपालका राजनीतिक दलहरूको जनताप्रतिको उत्तरदायी क्रियाकलापले नै दलहरू जनतामाझ पपुलर हुनेछन् । यसका लागि राजनीतिक दलहरुमा स्वच्छता एवम् पारदर्शीताको आवश्यक्ता पर्दछ ।


जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ राजनीतिक दलका स्थानीय तहदेखि केन्द्रियतहसम्म एकजुट भएर सबै प्रकारका जनता सुरक्षा कार्यलाई प्रभावकारी बनाउनु पर्दछ । सबै राजनीतिक दलहरु आ आफ्ना स्थानमा जनताहरुको सुरक्षा कार्यमा जुट्न र सहयोगमा केन्द्रीत हुनुपर्दछ ।

सिंगो देश आपतबिपतको संकटपूर्ण अवस्थामा भएको बेला एकजुट हुनु आजको आवश्यकता हो

जसरी राजनैतिक दलले चुनावका बेला जनतालाई जागरुक बनाऊँ छन् त्यसरी नै सामाजिक दूरी कायम गर्ने मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने,स्यानीटाईजर प्रयोग गर्ने कुरामा आमजनतालाई सचेत गराउने कार्यमा सक्रिय रहनु पर्दछ । सबै राजनीतिक दलहरुमा गंभीरता, अनुशासन र जिम्मेवारी बोधको आवश्यकता रहेको छ ।

हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै कुरामा असहमती देखिन्छ । तैपनि सिंगो देश आपतबिपतको संकटपूर्ण अवस्थामा भएको बेला एकजुट हुनु आजको आवश्यकता हो । यस्ता विपद्पूर्ण अवस्थामा राजनैतिक दलहरूमा सकारात्मकताको विकास हुनु जरुरी छ । प्राकृतिक एवं मानव निर्मित आपत विपतका संकटयूक्त घडीमा हाम्रा दलहरुले हरबखत ऐक्यबद्धता जनाउनु आजको जनताको माग रहेको छ । नेपालमा प्रजातन्त्रको स्थायित्व, मानव अधिकार, लगायत राजनीतिक स्थायित्व कायम गरेर देशलाई समृद्धिको बाटोमा लैजान राजनीतिक दलहरु जनसेवामा केन्द्रित हुनुपर्ने देखिन्छ ।

जनताका प्रतिनिधिका रुपमा काम गर्ने बहुदलीय राजनीतिक पद्धतिमा अनिवार्य मानिने राजनीतिक दलको क्रियाकलाप जनताका आवश्यक्ता पूरा गर्न इमान्दार र अनुशासित हुनु जरुरी छ ।
बहुदलीय प्रजातान्त्रिक प्रणालीमा जनताका भावना बुझ्ने भनेका नै राजनैतिक दल हुन् । तर बिडम्बना नेपाली राजनीतिक दलको खेती सत्ता खिचातानीमै अल्झिएको देखिन्छ । चुनावी नारा निकै आकर्षक बनाएर नेपाली जनतालाई भ्रम छर्ने काम नेपाली राजनैतिक दलहरुको पेशा नै बनेको छ । साना–ठुला सबै राजनीतिक दलको घोषणा पत्रले देश र जनता कै कल्याणको कुरा गरेका हुन्छन् ।

हामीलाई विपद्को उचित व्यवस्थापनका लागि राजनैतिक दलको व्यवहारिक आवश्यक्ता महसुस भएको छ ।

आमजनताको संवेदनशील घडीमा साथ र राहत दिने कुरामा नेपाली राजनीतिक दलहरु चुकेकछन् । प्रमुख दलहरू विपद् व्यवस्थापनका लागि लिखित र मौखिक रुपमा आपसी सहमति गर्छन् तर व्यवहारमा अझै पनि दलिय भागबण्डाका लागि अबशेष विद्यमान छन् ।
आज चरम बेथितिका कारण राजनीतिक दलप्रति जनता निरास भैरहेका छन् । त्यसैगरी राजनीतिक नेता र कार्यकर्ताहरुमा जनतासामु राजनीतिक दलको कार्यकर्ता हुँ भन्दा लज्जावोध होईन गर्व हुनुपर्दछ ।


परिणामस्वरुप आमजनताले राजनीतिक दलहरुलाई सम्मानको नजरले हेर्नेछन् । यस वर्ष देखापरेका विभिन्न विपद्हरुबाट सुरक्षितसाथ जीवनयापन सहजतामा साथ र राहत पाउन आमजनता राजनीतिक दलहरुसँग याचना गरिरहेका छन् । तसर्थ हामीलाई विपद्को उचित व्यवस्थापनका लागि राजनैतिक दलको व्यवहारिक आवश्यक्ता महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस