विद्यार्थीमा आलोचनात्मक चेतका लागि सुचना प्रविधि

नवल जिएम  |  भदौ ०४, २०७७

१९२१ मा एकजना महान ब्राजिलियन शिक्षाविद पाउलो फेरे जन्मिएका थिए । उनले शिक्षा सम्बन्धी थुप्रै कितावहरु लेखेका थिए । तीमध्ये दूईवटा उल्लेखनिय किताबका रुपमा रहेका छन् । आफ्नो Pedagogy of  the Oppressed भन्ने किताबमा उनले उत्पीडितहरुको पक्षमा बुलन्द आवाज बोलेका छन् । उनको अनुसार शिक्षाले उत्पीडित मान्छेहरुको जीवनलाई सकारात्मक दिशामा परिवर्तन गर्न एउटा Cultural Tool ( औजार) को रुपमा काम गर्नुपर्दछ ।


यसको अर्थ उत्पीडित मान्छेहरुको क्षमतामा विकास गरी समाजमा देखिएको वर्ग विभाजनको दुरी कम गर्नुपर्दछ । उत्पीडित मान्छेहरुलाई आफ्नो अधिकारप्रति सचेत बनाई समान अवसर खडा गर्नुपर्दछ ,यसले गर्दा उनीहरुकोे सामाजिक, आर्थिक र राजनैतिक हैसियत बढ्ने छ र कम हुँदै जान्छ । पाउले फेरेको यही मान्यतामा आधारीत भई सबैलाई शिक्षा जस्ता नाराहरुको जन्म भएको हो । उनले यहाँसम्म भनेका छन् की “यदी विद्यालयहरुले सामाजिक, आर्थिक र राजनैतिक विभेद कम गर्ने साधनको रुपमा काम गर्न सकेनन् भने विद्यालयहरु बन्द गर्नुपर्दछ । ”

अहिलेका विद्यालय, अभिभावक र शिक्षकले गुणस्तरको मापडण्ड यसलाई नै मानेका छन् ।


पाउलो फेरेको अर्को महत्वपूर्ण किताब थियो Banking Concept of Education । यो किताबमा उनले आलोचनात्मक चेतका बारेमा बोल्न खोजेका छन् । उनको अनुसार अहिलेसम्मको शिक्षणमा विद्यार्थी (Learner ) लाई बस्तुको रुपमा लिइएको हुन्छ । शिक्षकले विद्यार्थीलाई बस्तुको रुपमा व्यवहार गर्दछ । जसले गर्दा शिक्षक र विद्यार्थीको विचमा दुईतर्फी अन्तरक्रिया हुँदैन । शिक्षकले आफूले जानेका विषयवस्तुहरु एकोहोरो भनिरहेको हुन्छ ।

जसरी हामी बैक एकाउन्टमा पैसा जम्मा गर्दछौं ठिक त्यसै गरी सुचना र ज्ञानलाई विद्यार्थीको दिमागमा भर्दै जान्छौ र परीक्षामा विद्यार्थीको दिमागबाट बैकंबाट पैसा निकाले जस्तै सुचना र ज्ञानलाई निकाल्न खोज्दछौं , जसलाई ए वा बि लगायतका विभिन्न ग्रुपमा विभाजन पनि गर्दछौ ।

अहिलेका विद्यालय, अभिभावक र शिक्षकले गुणस्तरको मापडण्ड यसलाई नै मानेका छन् । परीक्षामा राम्रो अंक ल्याउने राम्रो विद्यार्थी र राम्रो अंक ल्याउन नसक्नेलाई नराम्रो विद्यार्थीको रुपमा व्यवहार गरिने गरिएको छ । यसलाई पाउलो फेरेले banking Concept of Education भनेका छन् । उनले विद्यार्थीमा चाहेको कुरा भने उसमा आलोचनात्मक चेतको विकास हुनु हो, न की सुँगा रटाई जस्तो किताबका कुरा सरसर्ती भन्नु हो ।

यसको अर्थ शिक्षाले विद्यार्थीहरुमा आलोचनात्मक चेतको विकास गर्नुपर्दछ । विषयवस्तुलाई गम्भिर रुपमा बुझि त्यसको राम्रो नराम्रो प्रतिक्रिया दिने हुनुपर्दछ । विद्यार्थीले तार्किक रुपमा जबसम्म विषयवस्तुको प्रतिक्रिया दिन सक्दैन, तबसम्म उसले विषयवस्तुको गहिराईको पुगेर बुझेको मानिदैन । बैकमा राखेको पैसा जस्तो दिमागमा घोकेर राखेको सुचना र ज्ञानले ब्यवहारीक रुपमा खासै काम गर्दैन ।

सूचना प्रविधिको प्रभावकारिता सन्दर्भमा विद्यार्थीलाई बस्तु मान्ने सोचले विद्यार्थी र शिक्षकको दोहोरो सम्वाद, अन्तरक्रिया जीवन्त हुनसकेको छैन ।

त्यसकारण प्रभावकारी शिक्षण–सिकाईमा दोहोरो सम्वादको महत्व अत्यधिक छ । उनको भनाई अनुसार banking Concept of Education ले समाजमा विभेद घटाउने होइन बढाउने गर्दछ । जसको कारणले समाजमा द्धन्द अनिवार्य बन्दै जान्छ ।

कोभिड –१९ पछि विद्यालय शिक्षाको वारेमा विविध धारणा वाहिर आएका छन् । खास गरेर विद्यालय शिक्षामा सुचना प्रविधि लागू हुनुपर्दछ भन्ने सवालमा धेरै मान्छेका भनाई के छ भने सबैको सुचना प्रविधमा पहुँच नभएकाले यसलाई बन्द गराउनु पर्दछ । यसका साथै भएकोले उपभोग गर्दै जाने र नपुगेकालाई पहुँच बढाउदै जाने मान्यता सरकार तथा बौद्धिक समुदायको हुनुपर्नेमा ठीक उल्टोे सबैलाई नपुगे कसैले पनि उपभोग नगर्ने जस्ता दुषित सोचाईहरु व्याप्त छन् ।

सूचना प्रविधिको प्रभावकारिता सन्दर्भमा विद्यार्थीलाई बस्तु मान्ने सोचले विद्यार्थी र शिक्षकको दोहोरो सम्वाद, अन्तरक्रिया जीवन्त हुनसकेको छैन । जसले गर्दा अनलाईन क्रक्षाहरु निराश र प्रभावहिन देखिएका हुनसक्छन् । मेरो आफ्नो अनुभवमा भोलि गएर अनलाईन कक्षाहरु शिक्षण सिकाईका लागि सबैभन्दा सस्तो साधन बन्नेछन् । उत्पीडित विद्यार्थीहरुको लागि OLE जस्ता दर्जनौ संस्थाले असंख्य किताव र शैक्षिक सामाग्रीले भरिएको ई पुस्ताकलय नेपालमै खडा गरेका छन् ।

पाठ्यपुस्तकमा मात्रै भएको कुरा पढेर पास हुने विद्यार्थी होईन समाजलाई केही नयाँ सन्देश दिनसक्ने विद्यार्थी जन्माउनु आजको आवश्यकता हो ।

स्थानीय सरकारले करौडौको पुस्तकालय विद्यालयहरुमा बनाउनु भन्दा यसखालका डिजिटल प्लेटफर्मको उपयोग गर्नुपर्दछ । यसले खर्च घटाउनुका साथै विद्यार्थीलाई सूचना प्रविधिमा अभ्यस्त वनाउँदै लैजाने देखिन्छ । विद्यालयमा सुचना र प्रविधिको प्रयोगले हालको शिक्षक सख्या झण्डै ५० प्रतिशत कटौटी गर्न सकिन्छ ।

यसको अर्थ हुन्छ हाल नेपाल सरकारको पैतिस हजार विद्यालयमध्ये वीस हजारलाई बन्द गरेर पन्ध्र हजार विद्यालयले गुणात्मक शिक्षा दिनसक्छ । यसरी नेपाल सरकारले विद्यालय शिक्षामा भारी खर्च कटौती गर्न सक्छ । त्यो कटौती गरिएको खर्चबाट ठाउँ ठाउँमा सुविधा सम्पन्न विद्यालय खडा गर्न सक्दछ र उक्त विद्यालयहरु सुचनाप्रविधिले समृद्ध हुनेछन् ।

ठीक यही तरीकाबाट शिक्षण– सिकाईका साधन स्रोतहरु गरीब तथा उत्पीडितहरुले उपभोग गर्न सक्नेछन् र आलोचनात्मक चेत सहितका जनशक्ति निर्माण गर्न सकिने छ । पाठ्यपुस्तकमा मात्रै भएको कुरा पढेर पास हुने विद्यार्थी होईन समाजलाई केही नयाँ सन्देश दिनसक्ने विद्यार्थी जन्माउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस