काेराेनाका कारण नोबेल पुरस्कारको वार्षिक समारोह नहुने

श्रावण ०७, २०७७

स्टकहोम — कोरोना महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । मंगलबार नोबेल फाउन्डेसनले यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह आयोजन नहुने बताएको हो । ६४ वर्षपछि पहिलो पटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको हो ।

यसअघि सन् १९५६ मा तत्कालीन सोभियत संघले हंगेरीमाथि आक्रमण गरेपछि नोबेल पुरस्कार समारोह रद्द गरिएको थियो । त्यसअघि दुई विश्वयुद्ध, सन् १९०७ र १९२४ मा पनि पुरस्कार वितरण समारोह रद्द गरिएको थियो ।

यस वर्ष नोबेल पुरस्कार घोषणा हुने र पुरस्कार वितरण समारोहचाहिँ नहुने फाउन्डेसनले जानकारी दिएको छ । सामान्यतया: हरेक वर्ष डिसेम्बर १० का दिन पुरस्कार वितरण समारोह आयोजना गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस