पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
तुलसीपुर । नारायणगढ-मुग्लिङ सडक खण्ड पहिरोले अबरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा ६ स्थित चार किलो भन्ने स्थान नजिक पहिरो खसेर सडक अबरुद्ध भएको हो।
बिहान करिब ५ बजेतिर ठूलो पहिरो खसेर सडक अबरुद्ध भएको नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन्।
अहिलेपनि पहिरो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउने काम हुन सकेको छैन। आज दिनभर लाग्ने भएकाले बैकल्पिक बाटोको प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ। यस स्थानमा पटक पटक पहिरो खस्दा सडक अवरुद्द हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस