अमेरिकामा संक्रमितकाे स‌ख्या ३३ लाख ५५ हजार पुग्याे

असार २८, २०७७

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७१९ जना संक्रमित भएसँगै  अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४०३ पुगेको छ ।

कुल संक्रमितमध्ये १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख २७ हजार ७९७ जनामध्ये १५ हजार ८१९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस