तुलसीपुरमा अग्ला भवन निर्माणको बाटो खुल्यो

असार ०६, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि निर्माण हुने भवनलाई संरचना हेरेर बहुतलामा जाने नीति अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तत्काल मापदण्ड वनाएर प्रक्रिया अगाडि वढाउने वताए ।

“उपमहानगरपालिका जस्तो ठाउँमा दुइ तिन तलाको घर नसुहाउँने भएकाले बहुतला भवनमा जाने गरी योजना वनाएका हौं” नगरप्रमुख पाण्डेले भने ।


तुलसीपुरमा यो भन्दा अगाडि आवासिय भवनका लागि साढे २ तला र व्यापारीक प्रयोजनका लागि ४ तलासम्म नक्सा पास हुने गरेको थियो । नीति वनाएसँगै तुलसीपुरमा ठूला व्यापारीक कम्प्लेक्स वनाउने बाटो खुला भएको छ । आवासिय र व्यापारीक भवनका लागि छुट्टाछुट्टै मापदण्ड वनाएर उपमहानगरपालिकाले काम अगाडिल वढाउने भएको हो ।


तुलसीपुर उपमहानगरपालिकाले बहुतले व्यापारीक कम्प्लेक्स निर्माणका काम समेत अगाडि वढाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस