यीनै हुन् तुलसीपुरका मन्दिपका हत्या आरोपित , मदिराले मातेका थिए सबै

जेठ १७, २०७७

 

तुलसीपुर । तुलसीपुर ५ बसपार्कमा विहान मृतक भेटिएका मन्दिप भुजुको हत्या उनका साथीहरुले नै गरेको अनुसन्धानमा देखिएको छ ।
उनका ४ जना साथीहरु मिलेर गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रारम्भिक निष्कर्षमा निकालेको छ ।

प्रहरी स्रोतका अनुसार भुजको हत्यामा तुलसीपुर उपमहानगरपालिका–१८ निवासी ओमबहादुर सार्की तुलसीपुर–६ कपडादेवी निवासी सौरभ पोख्रेल, तुलसीपुर–५ निवासी अजय बुढाथोकी र आशिष नेपाली  रहेका छन् ।

‘हामी लगभग यीनै ४ जनाले हत्या गरेका हुन् भन्ने निष्कर्षमा पुगेका छौ,’ प्रहरी स्रोतले भन्यो–‘अझै केहि प्रमाणहरु भेटिन्छनकी भन्नेमा छौ । यसको विस्तृत कुरा आयो भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौ ।’

आरोपितहरुले शुक्रबार राति करिब ११ देखि १२ बजेको बिचमा ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको स्रोतले बतायो । घटनास्थलबाट हत्या गर्न प्रयोग गरेको ढुङ्गा समेत प्रहरीले बरामद गरेको छ । हत्या गरेर लुकाएको ढुङ्गा प्रहरीलाई सिकाउन आरोपी सौरभ नै गएका थिए ।

मृतक भुज र आरोपीहरु पश्चिमतर्फको अटोभिलेजदेखि उत्तरतर्फ रहेको एक होटेलमा राति ८ बजेदेखि संगै बसेर मादकपदार्थ सेवन गरेको खुल्न आएको छ ।

अटोभिलेजमा विगत २ बर्षदेखि रेडीवाटर बनाउने काम गर्दै आएका भुजलाई तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकरी पाए लगत्तै एक घन्टामै ११ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले ४ जनाले हत्या गरेको निश्कर्षमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस