बाँकेका २१ जना संक्रमित आज डिस्चार्ज हुँदै

जेठ ०, २०७७

तुलसीपुर ।   बाँकेमा आज (शुक्रबार) २१ जना संक्रमित डिस्चार्ज हुँदैछन् ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत उनीहरुलाई डिस्चार्ज गरिन लागेको संक्रमितको उपचारमा खटिएका डा. पारस पाण्डेले जानकारी दिए ।

डा. पाण्डेका अनुसार उपचाररत २१ जनाको नै कोरोनाभाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

डिस्चार्ज हुनेहरु दुईदेखि तीन हप्तासम्म अस्पताल बसेर उपचार गराएका थिए

प्रतिक्रिया दिनुहोस