क्वारेन्टाइन बनाउन राेक्ने हाेइन सहजीकरण गराै

जेठ ०७, २०७७

नेपालमा कोरोना संक्रमणको ग्राफ एक साता यता डरलाग्दो तरिकाले उकालो लागेको छ । खास गरेर भारतबाट आउनेहरुले संक्रमणको दरलाई उकालो लगाएको तथ्यले देखाएको छ । भारतमा नेपालीले भोग्नुपरेको दर्दनाक कथालाई बोध गरेर सरकारले नेपाल फर्काउनका लागि पहल अगाडि वढाएको छ । फलस्वरुप नेपाल फर्कन चाहनेहरुको लाम बोर्डरमा निकै बाक्लो देखिन्छ ।

आँखामा बाँच्ने लालसा वोकेर बोर्डर टेकेका नेपालीहरुलाई घरसम्म पुर्याउने काममा स्थानीय तहहरुले सहजीकरण गरिरहेका छन् । केही दिन यता गाउँघरमा भारतबाट आउनेहरुको लावालस्कर नै लागेको छ । यस्तो लावालस्कर दाङ्गमा पनि देखिन्छ ।

नेपालमा जुन कुराबाट बढि जोखिम थियो । अहिले त्यही गर्नुपर्ने भएको छ । अब हिजोजस्तै रहेन । भारतबाट आउने आफ्ना नागरिकलाई स्थानीय सरकारले अभिभावकत्व दिनै पर्ने छ । तर त्यसको उचित व्यवस्थापनमा भने गम्भिरतापूर्वक ध्यान दिनु पर्ने देखिन्छ । भारतबाट आउनेहरु सोझै घरमा गए भने त्यसले संक्रमणलाई कुन तहमा लैजाला हामीलाई अनुमान गर्न गाह्रो छैन ।

सबै ठाउँमा क्वारेन्टाइन निर्माणका लागि वाँधा उत्पन्न गर्ने हो भने कहाँ राख्ने वाहिरबाट आएका मान्छेहरुलाई ?

भारतबाट जतिसुकै संख्यामा नेपालीहरु आएपनि स्थानीय सरकारले तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नैपर्ने हुन्छ । ठूलो सख्ंयामा आउँदा व्यवस्थापन अवश्य पनि जटिल हुन सक्छ । तर सरकार हुनुको नाताले जतिसुकै जटिल भएपनि त्यसलाई व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । यो सरकारको परीक्षा पनि हो । तर संकटको घडीमा सरकार एक्लैले केही पनि गर्न सक्दैन ।

भारतबाट ठूलो संख्यामा आउनेहरुलाई व्यवस्थापनका लागि विभिन्न सभाहल, विद्यालय, होटेल, सामुदायिक भवनमा राख्नुपर्ने देखिन्छ । तर पछिल्लो समय क्वारेन्टाइन वनाउन नदिने भनेर विभिन्न ठाउँबाट विरोधका आवाजहरु सुनिन थालेका छन् । घोराहीमा त तालावन्दी समेत गरिएको छ । सबै ठाउँमा क्वारेन्टाइन निर्माणका लागि वाँधा उत्पन्न गर्ने हो भने कहाँ राख्ने वाहिरबाट आएका मान्छेहरुलाई ?

जीवन दाउँमा राखेर काेराेना संक्रमितकाे उपचार गर्ने चिकित्सकहरूलाइ बस्नका लागि ठाउँ दिन आनाकानी गर्ने होटेल व्यवसायीहरु जस्तै कोरोना रोग लागेकालाई उपचार गर्नबाट चिकित्सकले पनि आनाकानी गरे भने ?

विदेशबाट गाउँको सहारा खोजेर आएको मान्छेलाई राख्नका लागि क्वारेन्टाइन बनाउन नदिने विद्यालयले के शिक्षा दिन्छ ? मानवियता नभएको अक्षर मात्रै चिनाउने शिक्षाले रोवोट वनाउछ मान्छे वनाउँदैन । समुदायका मान्छे संकट परेर आउँदा राख्न नमिल्ने भवन पनि के सामुदायिक भवन ? स्थानीय सरकारले सबै कब्जा गरेर भएपनि क्वारेन्टाइन वनाउँदै पर्दछ । संकटको बेला सहजिकरण नगरेर वाँधा उत्पन्न गर्नेहरु समाजका बोझ मात्रै हुन् ।

सरकारलाई सामाजिक सञ्जालबाट दुत्कारेर समस्याको समाधान हुँदैन । विदेशमा महंगा महंगा होटेलहरु क्वारेन्टाइनका लागि राखिएको छ । हामी खाली भएका विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइन वनाउनु हुँदैन भनेर आवाज उठाएका छौ । साना साना कुरामा अल्झियौ भने संक्रमणले अझै विकराल रुप लिन सक्छ ।

यो बेला भनेको सोच्ने कम गर्ने ज्यादा हो । यसकारण अहिलेको अवस्थामा के गर्दा ठिक भन्ने कुुरालाई मनन गरेर स्थानीय सरकारलाई सहयोग गर्नु नै उत्तम विकल्प हो । आज क्वारेन्टाइनमा उपचार गर्ने चिकित्सकलाई राख्नका लागि होटेलहरुले मन गरिरहेका छैनन् ।

जीवन दाउँमा राखेर काेराेना संक्रमितकाे उपचार गर्ने चिकित्सकहरूलाइ बस्नका लागि ठाउँ दिन आनाकानी गर्ने होटेल व्यवसायीहरु जस्तै कोरोना रोग लागेकालाई उपचार गर्नबाट चिकित्सकले पनि आनाकानी गरे भने ? गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ ।

कठोरताको सीमा नाँघेर सामुदायिक भवनमा भोटे ताल्चा लगाउने र तिनका परिवारहरुलाई नै कोरोना संक्रमण भयो भने कहाँ जान्छन्  ? एकपटक आफैलाई प्रश्न गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस