तुलसीपुरमा बैकहरु ३ दिन खुल्ने
तुलसीपुर । तुलसीपुरमा लकडाउनको संवेदनशिलतालाई मध्यनजर गरेर ३ दिन मात्रै बैकहरु खुल्ने भएका छन् । उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न वैकर्सहरुका विचमा भएको छलफलमा ३ दिन बैक खोल्ने सहमति भएको हो ।
‘आइतवार, मंगलबार र बिहिवार वैकहरु खुल्ने भएका छन्’ लक्ष्मी वैकका म्यानेजर सरोज चौधरीले वताए ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सातामा तिन दिन विहान १० वजेदेखि दिउँसो १ वजेसम्म बैक खोल्ने निर्णय भएको हो । बैक खोल्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ । पछिल्लो समय वैकमा बाक्लो भिडका कारण संक्रमणको चूनौति वढेको थियो ।
प्रतिक्रिया दिनुहोस