पत्रकारले सहयोग गरे पत्रकारलाई
दाङ, जेठ १ । नेपाल पत्रकार महासंघ दाङलाई प्रेस ज्याकेट सहयोग प्राप्त भएको छ । पत्रकार गणेश आचार्यको पहलमा बनेको ५० वटा प्रेस ज्याकेट बिहीबार महासंघका अध्यक्ष सविन प्रियासनलाई हस्तान्तरण गरेका हुन् ।
लकडाउनको समयमा समाचार संकलनका लागि खट्ने क्रियाशील पत्रकारहरुका लागि प्राप्त भएको ज्याकेट पत्रकार आचार्यले अध्यक्ष प्रियासनलाई हस्तान्तरण गरे ।
समाचार संकलनमा निस्कने पत्रकारहरु समस्यामा परेको महसुस गरी प्रेस ज्याकेट निर्माणमा पहल गरेको पत्रकार आचार्यले जानकारी दिए । उनका अनुसार केही दिनमै बाँकी ५० प्रति ज्याकेट महासंघलाई हस्तान्तरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस