बुधबार थपिए दुई संक्रमित, संक्रमित संख्या २१९ पुग्यो

बैशाख ३१, २०७७

बुधबार थप दुई जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २१९ पुगेको छ । बाँके र कपिलवस्तुका नागरिकमा संक्रमण देखिएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अर्का, २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५, ती पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।

मंगलबार एकै दिन ८३ जनामा संक्रमण देखिएको थियो । राजधानी उपत्यकाको काठमाडौं र भक्तपुरमा तीन जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस