सीमाको विषयमा शान्ति समाजको शान्तिपूर्ण प्रदर्शन

बैशाख ३०, २०७७

दाङ,३० बैशाख ।
लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले दाङमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले मंगलबार बिहान साँढे ७ बजेदेखि ८ बजेसम्म तुलसीपुरमा यस्तो प्रदर्शन गरेको हो ।

सो अवसरमा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिक र राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारलाई आग्रह गरे ।

कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धितालले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय देशब्यापी रुपमा बिरोध कार्यक्रमलाई ब्यापक बनाउनुपर्ने वताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनार, शाखा सहसचिव उषा गौतम, शाखा सदस्य भीमलाल मरासिनी, पत्रकारहरु गोपाल शर्मा भट्टराई, बिमल गौतम, गोपालप्रसाद उपाध्यायले संवेदनशील विषयमा नेपाल सरकारले कूटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिब निर्मला योगी डाँगीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस