तुलसी अस्पताललाई दिइयो पिपिइ

बैशाख २, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले तुलसी अस्पतालमा कार्यरत चिकित्सकलाई २ थान पिपिइ हस्तान्तरण गरेको छ । क्वारेन्टाइनमा रहेकी महिलाले जन्माएका जुम्ल्याहा वच्चाको अवस्था जटिल भएपछि तुलसी हस्पिटलले निशुल्क उपचार गरिरहेको छ ।

 

अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा. किशोर खत्रीले वच्चा र आमाको उपचारको सम्पूर्ण जिम्मा लिएर उपचार गरिरहेका छन् ।
यसैविच तुलसीपुर उपमहानगरपालिकाले उपचारमा संलग्न चिकित्सकहरुका लागि पिपिइ हस्तान्तरण गरेको छ ।

पछि थप १ पिपिइ दिने गरी जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले अस्पतालका सञ्चालक डा. खत्रीलाई २ वटा उच्च गुणस्तरको पिपिइ हस्तान्तरण गरिएको छ । ‘अस्पतालले यति ठूलो जिम्मेवारी लिएको छ , हामीले पनि केही गरौ भनेर सहयोग गरेका हौं’ शाखा प्रमुख न्यौपानले वताए ।

अस्पतालका सञ्चालक खत्रीले पिपिइ दिएकोमा उपमहानगरपालिकालाई धन्यवाद दिए । उनले वच्चा र आमाको स्वास्थ्य राम्रो हुँदै गएको वताउँदै सबै उपचार अस्पतालको तर्फबाट गर्ने वताए ।

प्रतिक्रिया दिनुहोस