विद्यालयको गम्भिर त्रुटी : सामाजिक सञ्जालमा विद्यार्थीको नतिजा

बैशाख २८, २०७७

लकडाउनको समयमा केही नयाँ नयाँ उपायहरु खोजेर भएपनि मान्छे गतिशिल भइरहेका छन् । कोठाभित्रैबाट मानिसलाई गतिशिल वनाउनका लागि इन्टरनेटले वलियो साथ दिइरहेको छ । विशेष गरेर शैक्षिक कार्यहरु यसमा अलि वढि भएका छन् । मानव जीवनमा सिक्ने कुरा मृत्युपर्यन्त चलिरहन्छ भनियता पनि हामीले निश्चित तह पार गर्नका लागि निश्चित कुरा सिक्नुपर्ने प्रावधान छदैछ । परीक्षाको मुखैमा देखिएको कोरोना भाइरसको चूनौतिलाई सरकारले आँक्न सकेन र सबै परीक्षाहरु स्थगितको अवस्थामा रहे । सामान्य विद्यालयस्तरबाट सञ्चालन भएका परीक्षाहरु भने अनेकानेक उपायहरु अवलम्बन गरेर सम्पन्न गरियो ।

कुनै एउटा विद्यार्थीको योग्यता र क्षमतालाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने अधिकार विद्यालयलाई कसले दियो ?

लकडाउनको अवधि लम्बिदै भयो । एक साता दुइ साता होइन दुइ महिना पुरा हुन हुन आँटेको छ । यस्तो अवस्थामा केही विद्यालयहरुले सामाजिक सञ्जालको प्रयोग गरेर नतिजा समेत सार्वजनिक गरेका छन् । लकडाउनको समयलाई उपलब्धिपूर्ण वनाउनका लागि यो आफैमा नमुनायोग्य काम हो ।

तर सामाजिक सञ्जालमा कुन विद्यार्थीले कति नम्वर ल्यायो भनेर पोष्ट गरिदिदा कम नम्वर ल्याउने विद्यार्थीको दिमागमा कस्तो प्रभाव पर्दछ ? खोइ हामीले सोचेको ? कुनै एउटा विद्यार्थीको योग्यता र क्षमतालाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने अधिकार विद्यालयलाई कसले दियो ? इन्टरनेटका माध्यमबाट अलग अलग उनीहरुको नतिजा सार्वजनिक गर्न सकिने प्राविधिक संरचना हुँदा हुँदै सार्वजनिक रुपमै विद्यार्थीको क्षमता प्रदर्शन गर्नु उचित होइन ।

कसैले पनि सार्वजनिक रुपमा कुनै व्यक्तिको क्षमतालाई प्रदर्शन गर्न पाउँदैन ।

सामाजिक सञ्चालमा टाँसेर नतिजा निकाल्नु गम्भिर त्रुटी हो । हेर्दा यो सामान्य लाग्न सक्ला तर यसले वाल मनोबिज्ञानमा गम्भिर असर पारिराखेको हुन्छ ।

हामी आफैलाई कल्पना गरौ, विद्यालयबाट नतिजा सुनेर घरमा आउँदा कम अंक आयो भने कस्तो महसुस हुन्थ्यो ? फेल भए कस्तो हुन्थ्यो ? राम्रो अंक ल्याउँदा रातो टिका निधारका टाँसेर गाउँ भरी विज्ञापन गरेको होइन ? कुनै पनि मान्छेको क्षमतालाई सार्वजनिक गरिनु राम्रो पक्ष होइन । विद्यालयहरुले यस्तो कुरामा गम्भिरतापूर्वक ख्याल गर्नुपर्ने देखिएको छ ।

कसैले पनि सार्वजनिक रुपमा कुनै व्यक्तिको क्षमतालाई प्रदर्शन गर्न पाउँदैन । नेपालको संविधानमा धारा २८ ले समेत व्यक्तिको गोपनियताको ग्यारेन्टी गरेको छ । यसरी सामाजिक सञ्जालमा विद्यालयहरुले आफ्ना बाबु नानीहरुको नतिजा उनीहरुको इच्छा विपरित राख्नु संविधानको समेत उल्लघंन हो । राम्रो अंक ल्याउने विद्यार्थीका लागि यो राम्रो मानिएला तर प्रयास गरिरहेको विद्यार्थीका लागि यसले गतिलो सन्देश दिदैन । अझ भनौ उनीहरुलाई उत्प्रेरित गर्दैन ।

विद्यालयहरुले गरेको यो कमजोरी तत्काल सच्याएर अगाडि वढ्नुपर्ने हुन्छ । इन्टरनेटको प्रयोगले हामी अगाडि वढ्ने हो अगाडिको यात्रा पछाडि धकेल्ने होइन ।

प्रतिक्रिया दिनुहोस