नेपाली भूमि अतिक्रमण गरी सडक बनाइएको प्रति सरकारको आपत्ति

बैशाख २७, २०७७

भारतीय पक्षबाट नेपाली भूमि मिचेर सडक बनाइएको नेपाल सरकारले आपत्ति जनाएको छ । नेपाली भूमि लिपुलेक मिचेर भारतले मानसरोवर जाने सडक खोलेमा सरकारले आपत्ति जनाएको हो ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट भएको कदमबारे आपत्ति जनाएको हो । दुई पक्षीय सहमति बिना कदम चालिएकोमा नेपाल सरकारको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सुगौली सन्धीले काली नदी दुई देशबीचको सीमाना रहेको उल्लेख भए पनि गएको नोभेम्बरमा मात्रै भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि मिचेको थियो । यसबारे कुटनैतिक रुपमा छलफल चलिरहँदा फेरि नेपाली भूमि मिचेर सडक बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपाली भूमि मिचेर भारत सरकारले प्रधानमन्त्री स्तरमा भएको कुटनैतिक सहमतिको समेत उल्लङ्घन गरेको छ । चीनसम्म जोड्ने सडक भारतले उद्घाटन गरेपछि नेपालमा तीव्र विरोध भइरहेको छ । यसको विरोधमा राजधानी उपत्यकामा प्रदर्शन समेत निस्किएको छ ।

प्रतिक्रिया दिनुहोस