दाङमा थप ३८ जनाको काेराेना रिपोर्ट नेगेटिभ

बैशाख २६, २०७७

दाङ,  बैशाख २६ ।  दाङमा थप ३८ जनाको काेराेना रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना अस्पताल बेलझुण्डि, राप्ती गाउपालिका र लमहि क्वारेन्टाइनबाट संकलित जम्मा ३८ जनाको स्वाब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ रहेको प्रतिष्ठानका कायम मुकायम रजिस्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

हालसम्म प्रतिष्ठानको पिसिआर बिधिबाट ९७ जनाको परिक्षण भइ सबैको रिपोर्ट नेगेटिभ आएको छ ।।

 

प्रतिक्रिया दिनुहोस