बुबाको गीतमा छोराको रिमेक बस माया (भिडियो सहित)
तुलसीपुर , २६ बैशाख।
बस माया आज त साथै भेट भाको बेलैमा
भोलि त टाढा म गै जान्छु रेलैमा
गायक गोविन्द आचार्य र कोमल वलीले गाएको यो गीत एक समय सबैको ओठमा गुञ्जिरहेको हुथ्यो । लाहुर जान लागेको प्रेमीले आफ्नी प्रेमीकालाई अघिल्लो दिन सँगै वस्न आव्ह्वान गरिएको गीतले बजारलाई निकै तातो वनाएको थियो ।
दुई दशक अगाडी गाइएको यही गीतलाई नयाँ स्वादमा ल्याएका छन् अहिलेका लोकप्रिय गायक समिर आचार्यले । उनले युट्युवबाट यसकाे लिरिकल भिडियाे समेत सार्वजनिक गरेका छन् ।
पुराना गीतहरुलाई नयाँ पुस्ताले पनि चिनुन् भनेर उनले यो गीतलाई रिमेक गरेको वताए । “कतैपनि तोडमोड गरेको छैन, गीतको मर्म उस्तै छ ” आचार्यले भने । उनले नयाँ गीतबाट आफु निकै आशावादी भएको समेत वताए । “ यो गीत चल्नु भनेको हाम्रा पुराना स्रष्टा प्रतिको सम्मान पनि हो” हाल अष्ट्रेलियामा रहेका गायक आचार्यले वताए ।
गायक समिर गोविन्द आचार्यमा छोरा समेत हुन् ।
प्रतिक्रिया दिनुहोस