खत्री दम्पतीले गरे राहत कोषमा १ लाख वढि सहयोग

चैत २५, २०७६

तुलसीपुर । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा तुलसी हस्पिटलका सञ्चालक डा. किशोर खत्री र कमला खत्रीले सहयोग संयुक्त रुपमा सहयोग गरेका छन् ।

गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई भौकै वस्न नपरोस् भन्नका लागि दुवैले संयुक्त रुपमा १ लाख ५ हजार ५ सय ५५ वरावरको खाद्यान्न प्रदान गरेका हुन् । डा. खत्रीले आवश्यकता अनुसार अरु सहयोग गर्नका लागि पनि तयार रहेको समेत नगरप्रमुख पाण्डेलाई जानकारी गराएका थिए ।

सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नगरप्रमुख पाण्डेले रकमको उचित सदुपयोग गरेर विपन्न वर्गका जनतालाई राहत वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले वताए । उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ ।

आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस