विपन्नकाे दैलाेमा राहत

चैत २२, २०७६

अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३ , १०, १३, १६ र १८ नम्बर वडामा राहत पुर्याईसकिएको छ ।

तुलसीपुर । सरकारले गरेको लकडाउनको समयमा दैनिकी चलाउन सहज होस्, भनी दाङको तुलसीपुर उपमहानगरपालिकाले विपन्रकाे दैलाेमै राहत  वितरण गरिरहेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९)लाई दृष्टिगत गर्दै सरकारले गरेको लकडाउनको समयमा गरीब, असहाय, पिछडिएको बर्ग, श्रमिकलगायतलाई सहज होस, भनी राहत वितरण सुरु गरिएको उपप्रमुख माया अचार्यले बताईन् ।

उनका अनुसार शुक्रबार र शनिवार गरि ७ वटा वडामा राहत पुर्याईसकिएको छ । ‘हामीले अहिलेसम्म ७ वटा वडामा राहत पठाइसकेका छौं,’ उनले भनिन‘ ति मध्ये केहीमा बाड्न बाँकी र भने केही वडामा बाँडिसकेका छौं ।’

अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३ , १०, १३, १६ र १८ नम्बर वडामा राहत पुर्याईसकिएको छ । ३ र १८ बाहेक अन्यमा बाँडेसकेको भएपनि यी दुईवडामा पनि बाँड्ने तयारी थालिएको उपमहानगरपालिकाका विपत ब्यबस्थापन शाखा संयोजक नवराज लामिछानेले बताए । उनका अनुसार वडा नं. ५ र ६ का केही टोलमा पनि बाँडिएको छ । उनले राहत  लिनेकाे नामावली वडाले नपठाउँदा  ढिला भएकाे पनि वताए ।

नगर प्रबक्ता श्याम डाँगीले विपन्नले मात्रै राहत पाउन भन्नका लागि उपमहानगरपालिकाले कार्यविधि समेत वनाएकाे वताए । उनले कसैले कार्यविधि विपरित वितरण गरेकाे पाइए कारवाही गर्ने समेत चेतावनी दिए ।

साथै वडा, टोल विकास संस्थासंगको समन्वयमा अतिविपन्न तथा गरीब समुदायलाई राहत वितरण गर्ने कार्य भईरहेको तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली‘माइकल’ले बताए । प्रत्येक परिवारलाई ३० किलो चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, २ वटा साबुन वितरण गरिएको उनको भनाई छ । उनका अनुसार शनिबार तुलसीपुरको १३ र १६ मा राहत वितरण गरिएको हो । १३ का दुईसय ३८ र १६ का ५६ जनालाई वितरण गरिएको हो ।

उपप्रमुख माया आचार्यको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । जसमा प्रबक्ता सूर्यबहादुर डाँगी, विपद व्यबस्थापन समतिका संयोजक लामिछाने, कार्यपालिका सदस्य माईकल, प्रशासन प्रमुख अनन्त गौतम, विपद ब्यबस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस