तुलसीपुरमा लकडाउनमा कडाइ गरिने, अत्यावश्यक वजार सातामा ३ दिन मात्र

चैत २२, २०७६


तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले लकडाउन पालनालाई कडा गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलदै गएको भन्दै केही समयलाई कडाईका साथमा लैजाने अध्यक्ष विरवहादुर रावतले जानकारी दिए ।

उनले वजारमा भिड गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुने भएकाले कडा कदम चाल्न वाध्य भएको समेत वताए ।

सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्न दाङ प्रशासनले आग्रह गरेको थियो । सातामा पुरैदिन खुल्दै आएका तुलसीपुरका वजारहरु अव ३ दिन मात्रै खुल्ने भएका छन् । ‘हप्तामा तिन दिन आईतबार,मगंलबार र शुक्रबार बिहान ९ बजेसम्म मात्रै अति आवश्यक पसलहरु खुल्ला रहने छन । ’ अध्यक्ष रावतले वताए ।

प्रतिक्रिया दिनुहोस