मनकारी वडाध्यक्ष जसले दिए २ सय वढिलाई खाद्यान्न

चैत १, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विरवहादुर विकले व्यक्तिगत पहलमा वडाका २ सय २२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

जनताको सुखदुखमा सधै साथ दिनुपर्छ भन्ने मान्यताका साथमा वडाध्यक्ष विकले प्रतिपरिवार २५ किलोको दरले चामल वितरण गरेका हुन् । पहिचाे चरणमा चामल वितरण गरेकाे भएपनि फेरी दाल, तरकारी,नुन लगायतकाे वितरण गरिने पनि उनले जनाए ।

“जनता भोकै मरेको देख्न सकेन अनि आफैले सहयोग गरेको हुँ ” उनले भने । अध्यक्ष विकले खानै नपुग्ने परिवारलाई यस्तो सहयोग गरेको वताए । वडाका प्रतापकोट, वल्ले, नाउँला, खमारी लगायतका ठाउँमा उनले खाद्यान्न वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस