सार्कमा काेराेना : भारतमा सबैभन्दा बढी, भुटानमा २ जना मात्र ‘एक्टिभ’ संक्रमित

बैशाख १८, २०७७

काठमाडौं–  भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। बुधबार भारतमा १ हजार ७ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ७१ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ।

भारतमा १ हजार ७९ जनाको मृत्यु भएको छ। ८ हजार ४ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ।  योसँगै पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुगेको छ। ३ सय ४३ जनाको मृत्यु भएको छ। ३ हजार ४ सय २५ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा बुधबार ६ सय भन्दा बढी  संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार १ सय ३ पुगेको छ। १ सय ६३ जनाको मृत्यु भइसकेको छ। १ सय ५० जना मानिसलाई निको भइसकेको छ।

अफ्गानिस्तानमा बुधबार १ सय ११ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ९ सय ३९ पुगेको छ। ६० जनाको मृत्यु भइसकेको छ। २ सय ५२ जना मानिसलाई निको भइसकेको छ।

श्रीलंकामा बुधबार ३० जना मानिस संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ४९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३६ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।

माल्दिभ्समा बुधबार २८ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा  बुधबार ३ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्। अब भुटानमा २ जना मात्र एक्टिभ संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस