कोरोना वढि प्रभावित देशमा कस्तो छ लकडाउन ?

बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : कोरोना भाइरसको विश्वव्यापी महामारीबाट जोगिन संसारका धेरै देशले लकडाउनको सहरा लिएका छन्। कोरोनाको चपेटमा रहेका मुख्य १० देशमा भने कतै लकडाउन खुकुलो बनाइएको छ त कतै कडाइ गरिएकाे छ। सबैभन्दा बढी काेराेना संक्रमित रहेकाे अमेरिकामा भने लकडाउन खोल्न हतियारसहित प्रदर्शन समेत भएको छ।

सोमबारसम्म संसारभर २९ लाख ९० हजार दुई सय नौ जनामा कोरोना देखिएको छ। यसमध्ये दुई लाख सात हजार नौ जनाको मृत्यु भएको छ। अझै पनि ५७ हजार ६ सय ६ जना गम्भीर रहेका छन्।

अहिलेसम्म आठ लाख ८१ हजार पाँच सय २५ जना निको भएका छन्। त्यस्तै, १९ लाख ६ हजार ६ सय २५ जनाको उपचार चलिरहेको छ।

सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकामा लकडाउन कडाइ गरिएको छैन। केही राज्यमा लकडाउन छ भने केही राज्यले खोलेका छन्। अमेरिकामा लकडाउन खोल्न हतियार बोकेरै प्रदर्शन भएको थियो। जसलो अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत समर्थन गरेका थिए।

अमेरिकामा अहिलेसम्म नौ लाख ८७ हजार तीन सय २२ जनामा कोरोना देखिएको छ। यसमध्ये ५५ हजार चार सय १५ जनाको मृत्यु भएको छ।

दोस्रो नम्बरमा रहेको स्पेनमा पनि लकडाउन खोल्न थालिएको छ। विस्तारै बालबालिका सार्वजनिक स्थलमा खेल्न थालेका छन्। स्पेनले केही क्षेत्रमा मात्रै लकडाउन कडाइ गरेको छ।

अहिलेसम्म स्पेनमा दुई लाख २६ हजार दुई सय २९ जनामा कोरोना देखिएको छ। त्यसमध्ये २३ हजार एक सय १९ जनाको मृत्यु भएको छ।

तेस्रो नम्बरमा रहेको इटालीले पनि विस्तारै लकडाउन खुकुलो बनाउँन थालेको छ। कोरोनाको रेड जोनमा मात्रै लकडाउन कडाइ गरिएको छ।

सोमबारसम्म इटालीमा एक लाख ९७ हजार ६ सय ६५ जनामा कोरोना देखिको छ। इटालीमा कोरोनाबाट २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ भने दुई हजार नौ जना अझै पनि गम्भीर छन्।

चौथो नम्बरमा रहेको फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार एक सय पुगेको छ। अहिलेसम्म २२ हजार आठ सय ५६ जनाको मृत्यु भएको छ।

तथापि, फ्रान्सले देशभर लकडाउन गरेको छैन। संक्रमणको चपेटामा परेका मुख्य शहरमा मात्रै लकडाउन गरेको छ।

जर्मनी पाँचौ नम्बरमा छ, जहाँ एक लाख ५७ हजार सात सय ७० जनामा कोरोना देखिएको छ। अहिलेसम्म पाँच हजार नौ सय ५६ जनाको मृत्यु भएको छ भने एक लाख १४ हजार पाँच सय जना निको भएका छन्।

जर्मनीमा अन्य देशको जस्तो लकडाउनमा कडाइ गरिएको छैन। कोरोनाको जोखिम रहेका मुख्य क्षेत्रबाहेकमा कामकाज चलिरहेको छ। जर्मन नागरिक सरकारले जारी गरेको निर्देशनअनुसार चलिरहेका छन्। त्यहाँ सुरक्षाकर्मी परिचालन गर्नुपरहेको छैन।

छैटौं नम्बरमा रहेको बेलायतमा एक लाख ५२ हजार आठ सय ४० जनामा कोरोना देखिएको छ। बेलायतमा २० हजार सात सय ३२ जनाको मृत्यु भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जनसनलाई समेत कोरोना देखिएको थियो।

तैपनि, बेलायतमा लकडाउन त्यति कडाइ गरिएको छैन। अत्यावश्यक सामानको सहज आपूर्ति भइरहेको छ भने कोरोनाको मुख्य केन्द्रहरुबाहेक अन्यत्र जनजीवन सामान्य नै छ।

टर्की सातौं नम्बरमा छ, जहाँ एक लाख १० हजार एक सय ३० जनामा कोेरोना देखिएको छ। अहिलेसम्म दुई हजार आठ सय पाँच जनाको मृत्यु भएको छ। टर्कीमा भने लकडाउनमा कडाइ नै गरिएको छ।

त्यस्तै, आठौं नम्बरमा रहेको इरानमा ९० हजार चार सय ८१ जनामा कोरोना देखिएको छ। सोमबारसम्म पाँच हजार सात सय १० जनाको मृत्यु भएको छ। इरानमा भने लकडाउन खुकुलो नै छ। कोरोना देखिएका क्षेत्रबाहेक अन्यत्र जनजीवन सामान्य नै छ।

 

कोरोनाको उद्गम चीनमा नवौं नम्बरमा छ। चीनमा लकडाउन हटाइसकिएको छ। सुरुआतमा वुहानमा लकडाउन गरिएको थियो। देशका अन्य भागमा भने लकडाउन गरिउको थिएन्। अहिले वुहानको जनजीवन पनि सामान्य भइसकेको छ।

चीनमा ८२ हजार आठ सय ३० जनामा कोरोना देखिएको छ। जसमध्ये चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७७ हजार चार सय ७४ जना निको भइसकेका छन भने सात सय २३ जनाको उपचार भइरहेको छ।

दशौं नम्बरमा रहेको रुसमा पनि लकडाउन कडाइ गरिएको छैन। कोरोना देखिएका क्षेत्रबाहेक अन्यत्र लकडाउन छैन।

रुसमा कोरोना संक्रमितको संख्या ८० हजार नौ सय ४९ पुगेको छ। अहिलेसम्म सात सय ४७ जनाको मृत्यु भएको छ भने ६ हजार सात सय ६७ जना मात्रै निको भएका छन्।

छिमेकी भारतमा भने लकडाउन कडा पारिएको छ। भारत ३६ दिनदेखि लकडाउनमा छ। अझै लकडाउन थप्ने तयारी भइरहेको छ। लकडाउनका कारण भारतको जनजीवन प्रभावित बनेको छ।

नेपालमा पनि ३६ दिनदेखि लकडाउन छ। अझै थपेर वैशाख १५ गतेसम्म पुर्याइएको छ। अहिलेसम्म नेपालमा ५२ जनामा कोरोना देखिएको छ। जसमध्ये १६ जना निको भइसकेका छन्। उपचाररत ३६ जनाको अवस्था पनि सामान्य रहेको छ। (एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस