तुलसीपुर क्वारेन्टाइनमा रहेका १२ को रिपोर्ट नेगेटिभ

बैशाख १४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टाइन रहेका १२ जनाको कोरोना र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।

१४ दिनसम्म क्वारेन्टाइनमा वसेका उनीहरुको रिपोर्ट नेगेटिभ आएसँगै एक साता होम क्वारेन्टाइनमा वस्ने गरी १४ दिन पुरा भएकालाई घरमा पठाईएको स्वास्थ्य शाखाका निरिक्षक विमल केसीले जानकारी गराएका छन् ।

आज र्यापिड टेस्ट गरिएका १२ जना मध्ये १ जना भारत, ५ जना चाँदनी दोधारा र ५ जना काठमाडौ सिन्धुपाल्चोकबाट आएका थिए । टेस्ट गर्दा कुनै पनि नतिजा नआएका तर १४ दिन क्वारेन्टाइनमा वसेकालाई घर पठाइएको भएपनि अन्यलाई समय पुरा भएपछि पठाइने पनि केसी ले वताए । उनले क्वारेन्टाइनमा रहेका अन्यको पनि तत्काल चेकजाँच गरिने वताए ।

प्रतिक्रिया दिनुहोस