प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेट

बैशाख १२, २०७७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकशित पछिल्ला घटनाक्रम बारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । साेही क्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

भेटमा पछिल्लो परिस्थितिका बारेमा छलफल हुनुका साथै  परस्पर समझदारीमा जाेड दिइएकाे बताइएकाे छ । भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री समक्ष दुबै अध्यादेश फिर्ता लिनु उचित कदम भएको बताए ।

त्यस्तै, सभापति देउवाले कोरोना भाइरसको व्यापक परीक्षण अहिलेको आवश्यकता भएकाले समुदाय स्तरमा व्यापक परीक्षण गर्नपर्ने र स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका आवश्यक सामाग्री यथासिघ्र पु¥याउन पर्नेमा जोड दिएकाे नेपाली काँग्रेसका सचिव कृष्णप्रसाद पाैडेलले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

उनले श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनमा जोड दिनुका साथै विदेशमा रहेका नेपाली उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस