व्यवसायी रिजालले दिए पत्रकारलाई स्वास्थ्य सामग्री

बैशाख १२, २०७७

 

तुलसीपुर,बैशाख १२ । तुलसीपुरका  व्यवसायी विमल रिजालले पत्रकारलाई ४५ हजार मुल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । तुलसीपुर क्षेत्रका १५ बढी सञ्चार गृहमा आवद्ध झण्डै ६० जना पत्रकारलाई पुग्ने गरि रिजालले एन १९मास्क, सेनिटाईजर, ग्लोब्स र सर्जिकल मास्क निशुल्क रुपमा प्रदान गरेका छन् ।

समाचार संकलनमा खटिने पत्रकार कोरोना भाइरसको उच्च जोखिममा रहने हुँदा कोरोनावाट सुरक्षित राख्न आफुले ती स्वास्थय सामाग्री प्रदान गरेको रिजालले जानकारी दिए । तुलसीपुर उधोग बाणिज्य संघका पूर्व अध्यक्ष रिजालले आफु सुरक्षित रहेर मात्रै काम गर्न सल्लाहपनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस