औपचारिक पोशाकमा “वर्क फ्रम होम”

बैशाख ०६, २०७७

काठमाडौं। कोभिड-१९ को जोखिम विश्वभर फैलिएको छ। सामाजिक दूरी कायम गरी कोभिड–१९ को जोखिम कम गर्न देशहरू लकडाउनमा छन्। नेपालमा पनि १५ वैशाखसम्म लकडाउन थपिएको छ। मानिसहरू सेल्फ क्वारेन्टाइनमा छन्।

लकडाउनका बेला पनि कतिपय कार्यालयका कामहरू भने रोकिएका छैनन्। भर्चुअल्ली नै भएपनि काम गरिरहेका छन्। दैनिक ९-१० घण्टाको कामले मानिसलाई व्यस्त बनाइराखेको छ। अहिले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसेर अफिसको काम गर्ने प्रचलन बढेको छ। त्यसो गर्दा पनि काममा जाँदा जस्तै औपचारिक पोशाक लगाउन उपयुक्त हुन्छ। त्यसका केही कारणहरू यस्ता छन्।

रचनात्मक हुन र दिमागलाई ताजा राख्न

तपाईंलाई बाहिर जान रोकिएको छ, तर तपाईंको काम रोकिएको छैन। र, घरमै बसेर घण्टौं काम गर्नको लागि तपाईं र तपाईंको दिमाग फ्रेस हुनु जरुरी छ। दिमागलाई फ्रेस र उर्जावान् बनाउन तपाईंले राम्रो ड्रेसअप गर्न सक्नुहुन्छ। फ्रेस ड्रेसअफ गरेर बस्दा तपाईंले उर्जावान् महशुस गर्न सक्नुहुन्छ र यसले गर्दा सिर्जनशील काम हुन सक्छ।

आत्मविश्वास बढाउन 

जब तपाईं राम्रो देखिनुहुन्छ, त्यसले कतै न कतै तपाईंको आत्मविश्वास पनि बढाइरहेको हुन्छ। यदि तपाईं १० बजे मिटिङ गर्न ड्रेसअप गर्नु भयो भने दिनभर काम गर्न यसले ऊर्जा दिन सक्छ। र, आत्मविश्वास बढाएर घरबाटै काम गर्ने दौरानमा तपाईंको उत्पादकत्व बढ्छ।

 

जिम्मेवार बनाउँछ 

जुम कल्स, गुगल ह्याङआउट लगायत एपको प्रयोग गरेर फेस टु फेस मिटिङ गर्न सकिन्छ। यदि तपाईं ‘नाइट सुट’मै कुरा गरिरहनु भएको छ भने अर्काे व्यक्तिले यसलाई अपमान गरिएको बुझ्न सक्छ। यदि तपाईं आइरन गरिएको वा राम्रो ड्रेसअपमा मिटिङमा सहभागी हुनुभयो भने यसले तपाईं कामप्रति जिम्मेवार भएको देखाउन सक्छ।

अनुशासन सिकाउँछ 

नियमित ड्रेसअप गर्नाले तपाईंलाई कार्यालयको दिनचर्या अनुशरण गर्न सिकाउँछ र यसले अनुशासन पनि सिकाउँछ। तपाईं तालिका बनाउनुहोस्। बिहानदेखि बेलुकासम्म गर्ने कामहरूका लागि समय बाँड्नुहोस्। जसले गर्दा तपाईंसँग तयार हुने, काम गर्नको लागि निश्चित समय हुनेछ। जसलाई आत्मसात् गरेर तपाईंले व्यक्तिगत लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ। दैनिक रूपमा तालिका ‘फलो’ गर्दा तपाईंलाई अनुशासित बनाउँछ।

कामको मुड बनाउँछ 

कपडा तपाईंको मुड तुरुन्तै बढाउने शक्तिशाली माध्यम हो। र, राम्रो र सफा कपडाले तपाईंको सौन्दर्य र स्वास्थ्य पनि बढाउँछ। जसले गर्दा तपाईंको काम र प्रदर्शन राम्रो हुन मद्दत गर्छ। अनुसन्धानले देखाउँछ कि कसैको व्यक्तित्व, राजनीति, स्टाटस, उमेर र आम्दानी उनीहरूको जुत्ताको फोटो हेरेरै मात्रै पनि पत्ता लगाउन सक्नुहुन्छ।

नचाउरिएको सर्टले तपाईंलाई खुशी दिन सक्छ। त्यसैले तपाईं आइरन गरी सफा लुगा लगाई स्मार्ट देखिन सक्नुहुन्छ। चहकिलो कपडाले तपाईंको मुड उज्यालो पार्न र अझ राम्रो काम गर्न मद्दत गर्छ। आफूलाई राम्रो देखिनबाट नरोक्नुहोस्।

 

आफूलाई सुहाउने पहिरन जाँच्नुहोस् 

हामीमध्ये धेरैलाई फेसन सेन्स नहुन सक्छ। हामी जे भेट्यो त्यही लगाएर हिँडिदिन्छौँ। आफूमाथि कपडाहरूको ‘एक्सपेरिमेन्ट’ गर्ने समय पनि हो यो। तपाईं मिक्स गरेर कपडाहरू लगाउन सक्नुहुन्छ। आफूलाई कस्तो पहिरन सुहाउँछ त्यो जाँच्नुहोस्।

तयार हुनुहोस् 

स्नान गर्दा कसैलाई पनि हानी हुँदैन। ओच्छ्यानबाट उठ्ने वित्तिकै नयाँ लुगा नलगाउनुहोस्। तपाईं उठ्नुहोस्, ब्रस गर्नुहोस्। नुहाउनुहोस्। अनि मात्रै फ्रेस लुगा लगाउनुहोस्। मेकअप गर्न मन लागे गर्नुहोस्। अनि विश्वलाई आफ्नै तरिकाबाट जित्नको लागि तयार हुनुहोस्।

इन्डिया टाइम्सबाट साभार

प्रतिक्रिया दिनुहोस