तत्काल राहत बाँड्न राप्ती गाउँपालिकालाई समाजवादी पार्टीकाे सुझाव

बैशाख ०४, २०७७

 

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । समाजवादी पार्टी राप्ती गाउँपालिका देउखुरी दाङले राप्ती गाउँपालिकालाई गाउँपालिकाका ९ वटै वडामा बसाेबास गर्ने ज्यालादारी मजदुर ,सुकुम्बासी ,अपांग , एकल महिला ,एकल पुरुष लगाएतका बिपन्न बर्गलाई दैनिक उपभाेग्य सामग्रीहरु तत्काल बितरण गर्न सुझाव दिएको छ ।

पार्टीका केन्द्रीय समिति सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा,जिल्ला सदस्य रामबहादुर गुरूङ र राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएमले हस्ताक्षर गरेको सो सुझाव पत्र बिहीबार पार्टीका केन्द्रीय समिति सदस्य तथा दाङ जिल्ला अध्यक्ष शर्माले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई सुझाव पत्र हस्तान्तरण गर्दै सो सुझाव दिएका हुन् ।

विश्वब्यापी रुपमा मानवजातीमा व्यापक रुपमा संक्रमण भई सन्त्रास उत्पन्न भई रहेकाे यस बिपदकाे घडिमा नेपाल सरकारले लकडाउनकाे समय थप गरी उधाेगधन्दा ,कलकारखाना लगायतका सबै क्षेत्र बन्द गरी घरमै बस्न बाध्य भएकाे यस घडीमा गाउँ, घरमा फर्केका ज्यालादारी मजदुर ,लगायतका विपन्न बर्गकाे राेजगारी सकिएकाे र उनीहरुका छाेरा,छाेरी भाेकभाेकै भएकाे खबर गाउँगाउँबाट अाए पछी समाजवादी पार्टीले स्थानीय सरकारलाई दवाब स्वरुप सो सुझाव पत्र बुझाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस