कोरोना विपद् कार्ययोजना बनाउने, तुलसीपुर मुलुककै पहिलो स्थानीय तह

बैशाख ०३, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोभिड १९ कोरोना भाइरस संक्रमणको विपद् कार्ययोजना तयार पारेको छ । उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाले यस्तो योजना तयार पारेको हो । कार्ययोजनामा विपद्को होसियारीदेखि प्रकोपको विकराल रुपसम्मका कुरालाई समावेश गरिएको छ ।


कोरोना संक्रमणबाट सुरक्षित राख्नका लागि सबै पक्षको भुमिका के हुन सक्छ भन्ने कुरालाई योजनामा समेटिएको विपद् व्यवस्थापन शाखाका संयोजक नवराज लामिछानेले जानकारी दिए । संयोजक लामिछानेले विपद्को अवस्थामा कुन कुन पक्षलाई कसरी सहभागी गराउने लगायतका विभिन्न कुरा समेटेका जानकारी दिए ।

कोरोना संक्रमण अचानक आँएकाले यसको पूर्व आकलन गर्न नसकिए पनि प्रकोप देखिएपछि त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने वारेमा योजना वनाउनु आवश्य हुने उल्लेख गरिएको छ ।

कोरोना विपद् कार्ययोजनामा होसियारी, अवस्थाको पहिचान, प्रकोपमा परेकाहरुको उद्दार र व्यवस्थापन, होसियारी, महामारीको विकराक अवस्थाको आँकलन लगाएतका कुरालाई समावेश गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख भिम खत्रीले वताए ।

योजना अनुसार काम गर्न सके प्रकोपको क्षति न्युनीकरण गर्न सजिलो हुने भएकाले कार्ययोजनाका लागि उपमहानगरपालिकाले पहल गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । कोरोना संक्रमणको प्रकोपको क्षतिलाई कम गर्नका लागि कार्ययोजना फलदायी हुने पनि उनको भनाई छ ।

अहिले कोरोना संक्रमणको अवस्था विकराल हुँदै गयो भने हामीले के गर्ने भन्ने कुराको पनि योजना वनाउनु पर्दछ । नगरप्रमुख पाण्डेले कोरोना संक्रमणका कारण धेरै मानिसको हताहत हुने अवस्था आयो भने पनि के गर्ने भन्ने कुराका वारेमा योजना वनाउनु आवश्यक भएको वताए ।

उनले कोरोना कारण विकराल अवस्था आयो भने खाद्यान्न कतिसम्म पुग्छ र त्यसको विकल्प के गर्ने भन्ने वारेमा पनि योजनामा समेटिएको वताए ।

विपद् व्यवस्थापनमा सरोकार राख्ने नेपाल रेडक्रस, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय , नेपाल आर्मी लगायतका सहकार्यमा कार्ययोजना वनाइएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस