संकटमा परेका जनतालाई उद्दार गर्न तत्पर छौ : अध्यक्ष हमाल

चैत १८, २०७६


तुलसीपुर । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले संकटको समयमा यातायात व्यवसायीहरु सारथी वनेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको संकट समाधानमा सरोकारवालाहरुको भुमिका विषय अन्तक्र्रिया कार्यक्रममा वोल्दै हमालले वर्तमान संकटमा हरेकले नागरिकका हिसावले राज्यलाई सहयोग गर्नुपर्ने वताए । “कुनै अफ्ठेरो अवस्था भयो भने हाम्रा गाडीहरुले केवल तेल हालेको भरमा पूर्वदेखि पश्चिम सम्मका संकटमा परेका मानिसहरुलाई ल्याउने लैजाने गर्न सक्छौ ” अध्यक्ष हमालले भने ।
उनले कोरोना भाइरस संक्रमणको अवस्थामा जिम्मेवार भएर सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको वताए । “स्थानीय सरकारले हामीलाई निर्देश गर्नुपर्यो, हाम्रा चालकहरु जोखिम मोलेर पनि जनताको उद्दार गर्न तयार छन् ” उनले भने । यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार समेत रहेका हमालले संकटको फाइदा उठाउँदै चर्को भाडा लिने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिए । उनले कोही पनि अफ्ठेरोमा परेका मानिसहरुलाई उद्दारका गर्नुपरे सूचना उपलब्ध गराउनका लागि समेत सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस