बबईमा डुबेर २ बालिका बेपत्ता

तुलसीपुर ।
दाङमा नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् भने एक जनालाई सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउँन गएका दंगिशरण–२ का १४ वर्षिय रमा शाह र सल्यानको दमाचौर–१ का १४ वर्षिय गोमा चन्द डुेबर बेपत्ता भएका हुन् ।

तुलसीपुर–११ को मोतिपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदिमा नुहाउन गएका तीन जनामध्ये दुई जना बगेर वेपत्ता भएको र एक जनालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

वेपत्ता दुई जनालाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले खोजि गरिरहेको उहाँले बताउनुभयो । नदिमा डुबेका दंगिशरण २ का १३ वर्षिय निरुता बस्नेतलाई बेहोस अवस्थामा उद्धार गरिएको छ । निरुतालाई तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको छ ।

तुलसीपुरमा चाैतारीकाे सञ्चार डेस्क

तुलसीपुर असोज ५ । प्रेस चौतारी दाङ शाखाले नेकपा एमालेकातर्फबाट संघ र प्रदेश सभाका उम्मेद्वारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउन लागि तुलसीपुर क्षेत्रमा सञ्चार डेस्कको स्थापना गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम नेकपा एमाले संघीय क्षेत्र ३का उम्मेद्वार कोमल वलीले उद्घाटन गर्नुभएको हो । प्रेस चौतारी दाङ शाखाका कोषाध्यक्ष गोकर्ण पौडेलको अध्यक्षता एवम केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वलीले उम्मेदवारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले जनता समक्षसंग उम्मेद्वारहरुले गरेका प्रतिबद्धताका विषयमा आम जनसमुदायमा ल्याउनका लागि आग्रह समेत गरिन् ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम प्रदेश सभाका उम्मेद्वार घनश्याम पाण्डेले सञ्चार माध्यम समन्वय,सन्देशका विषयवस्तुको गहिराइमा पुगेर जनसमुदाय समक्ष पु¥याउनका लागि आग्रह गरे । उनले एमालेले राष्ट्रियता,जनजीविकाका पक्षमा उठाएका आवाजलाई समेत सञ्चारमाध्यममा ल्याउनका लागि आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटिका सदस्य एवम क्षेत्र नम्बर ३ निर्वाचन निर्देशक टीकाराम खड्काले सञ्चार डेस्कलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि अनुराेध गरे । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य दाङ इञ्चार्ज गणेश आचार्यले प्रेस चौतारीले एमालेकातर्फबाट निर्वाचनमा होमिएका उम्मेद्वारहरुका गतिविधिलाई विगतदेखि नै सञ्चारडेस्क माफ्त सञ्चारमाध्यममा ल्याएको बताए ।

कार्यक्रममा प्रेस चौतारी दाङका कार्यसमिति सदस्य माधव कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन प्रेस चौतारी तुलसीपुरका अध्यक्ष वसन्त परियारले गरेका थिए ।

मानव जीवन रक्षाका लागि सर्प संरक्षण गरौ : नगरप्रमुख खड्का


तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार सम्बन्धि तालिमको आयोजना गरिएको छ । वन विज्ञान अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा वातावरणीय सन्तुलन कायम गर्नका लागि सर्प संरक्षण गर्नुपर्ने सबैको जोड थियो ।


तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले सर्प संरक्षणमा नयाँ पुस्ताले चासो देखाउनु सुखद भएको बताए । “सर्प हाम्रो साथी हो, यसले हाम्रो जीवन लिने भन्दा पनि बचाउँने काम गर्दछ” नगरप्रमुख खड्काले भने । उनले सर्पले मान्छेलाई कुनै जटिल परिस्थिति नआउँदासम्म नटोक्ने बताउँदै मानव जीवन रक्षामा सर्पको आवश्यकता हुने कुरामा जोड दिए ।


नेपालमा ९० भन्दा बढी प्रजातिका सर्प पाइने बताउदै नगरप्रमुख खड्काले घर आँगनमा आएको सर्पलाई मार्ने भन्दा पनि उद्दार गर्नुपर्ने बताए । “वन विज्ञानका विद्यार्थीहरुले त्यसमा विशेष भुमिका हुने गर्दछ” उनले भने ।


कलेज प्रमुख वसन्त आचार्यले सर्प संरक्षण गर्नु वन विज्ञान अध्ययनरत विद्यार्थीहरुको दायित्व भएको बताउँदै सर्पसँग डराउने भन्दा पनि त्यसलाई सही ढँगले उद्दार गर्नुपर्ने बताए । “वायुमण्डलमा रहेको विषाक्त ग्याँस लिएर मानव स्वास्थ्य संरक्षण गर्नका लागि सर्पको निकै महत्वपूर्ण भुमिका हुने गर्दछ । ” कलेज प्रमुख आचार्यले भने ।


कार्यक्रममा प्रशिक्षक वसन्त सुवेदीले ज्ञानको अभावमा सर्पहरु मार्ने गलत प्रवृति बढ्दै गएको बताए । उनले सर्प संरक्षणमा सबैले ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए । २ दिनसम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममो सहजिकरण वन विज्ञान प्रशिक्षक लक्ष्मी केसीले गरेकी थिइन् ।

एजेण्डाविहिन उम्मेदवारले भ्रम छरे : पाण्डे

पत्रकार सम्मेलनमा घनश्याम पाण्डे

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नं. ३ (१) नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले प्रतिष्पर्धि उम्मेदवारसँग एजेण्डा नहुँदा आफ्ना बारेमा अनेक भ्रम छरेकाे बताएका छन् । उनले आफु बिरुद्ध गरिएका गलत प्रचार र भ्रममा नपर्न सबैलाई अपिल समेत गरेका छन् । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार पाण्डेले जनताको मन जित्ने आफ्ना कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारहरुले निकृष्ट खालका आरोप लगाउने गरेको बताए ।

‘मलाई लगाइएका आराेपकाे तथ्यपरक ढंगले अनुसन्धान गर्न र समाचार लेख्नका लागि पत्रकारहरुलाई पनि मेराे अनुराेध छ । ” उनले भने ।

‘विगतमा कांग्रेसले कम्युनिष्टको सरकार बनेपछि ६० बर्ष पुगेकालाई गोली हान्छ । भात खान स्कुलमा थाल थापेर लाइन लाग्नुपर्छ । धर्म मान्दैन भनेर जुन गलत हल्ला फैलाएका थिए । त्यसैगरी अहिले पनि एमालेका बिरुद्ध गलत हल्ला फैलाइरहेका छन् । भ्रममा नपर्नुहोला ।’ पाण्डेले बताए ।

सरकारमा आफु बस्ने र तुलसीपुर–घोराही सडक बनाएन भनेर अर्कालाई दोष दिने गठबन्धनका उम्मेदवारको कुरा, भ्रम हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले पुष्टि गरेको पाण्डेले बताए । गठबन्धनले भ्रमको खेति मात्रै गर्छ भन्ने कुरा तुलसीपुर र घोराही उपमहानगरमा एमालेको विजयी यात्राले पुष्टि गरेको बताउँदै सडक र नगरपालिकाको एजेण्डा डेट एक्सपायर एजेण्डा भएकाले अधुरा योजना आफुले पुरा गर्ने समेत बताए ।

घनश्याम पाण्डे : अश्वारादेखि अमेरिकासम्म

खबरशाला संवाददाता ।

२३ वर्षको अल्लारे उमेर, खायो पियो मस्तसँग रमायो । तर घनश्याम पाण्डेको जीवनमा यो उमेर जिम्मेवारीको गहु्रँगो भारी बनेर आयो । तुलसीपुरमा रहेको दाङ्ग भ्याली बोर्डिङ्ग स्कुलमा चक घोटिरहेको बेला नेकपा एमालेले उनलाई उपमेयरको उम्मेदवार बनायो ।

विद्यार्थीकालबाट पार्टीमा लागेको, जुझारु स्वभाव, हरेक परिस्थितिलाई नियन्त्रणमा लिनसक्ने गुण, पढेलेखेको अझ त्यसमा अंग्रेजी मस्तसँग बोल्न जान्ने । उनका यस्ता केयौ गुणहरुमा टेकेर काँग्रेसको जगजगी भएका बेलामा उनले निर्वाचन जिते । नेपालको इतिहासमा पनि उनको नाम लेखियो सबैभन्दा कान्छो उमेरको उपमेयर ।

२०४२/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२/६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए ।


पदलाई परिणाममा परिणत गर्न गज्जबसँग जानेका पाण्डेले तुलसीपुरको अनुहारलाई उपमेयर हुँदा केही बदले । करिब १६ वर्षसम्म तुलसीपुर उनैले कोरेको बाटोमा हिडिरह्यो । बसपार्क व्यस्थापन, पुष्पलाल पार्क, बिरुवा रोपेर बजारको सौन्दर्यीकरण लगायतका तुलसीपुरको उज्यालो भविष्यसँग जोडिएका केयौ कामहरु उनले सम्पन्न गरे ।


स्थानीय तहको निर्वाचन समयमै हुन नसक्दा नेतृत्वको रिक्तता रह्यो । पाण्डेले सामाजिक अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गरे । नेपालमा सामुदायिक वन विस्तार र विश्व समुदायलाई नेपालको पहलकदमीबारे सुनाउँदा सुनाउँदै उनले संसारका सबै देशहरु टेके । अनुभवले खारिएर फेरी उनी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बने र जनताले विश्वास पनि गरे ।

कहिल्यै हार्न नजानेका पाण्डेमा जित्ने अचुक सुत्र पनि छ । पाँच वर्षमा तुलसीपुरलाई हेर्न, सुन्न र अनुभुत गर्न लायक वनाउनमा उनले आफ्नो सारा सामथ्र्य खर्च गरे । आज तुलसीपुर नेपालभरीका स्थानीय तहका लागि सिक्ने पाठशाला बनेको छ । यसमा पाण्डेकै अतुलनिय योगदान मान्न सकिन्छ ।

उनले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएका छन् ।


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेर नेकपा एमालेले उनलाई दाङ्ग ३ क बाट उम्मेदवार बनाएको छ । पाण्डेको लामो राजनैतिक पृष्ठभुमी र आर्थिक, सामाजिक, शैक्षिक, कृषि, सहकारी, वन तथा वातावरण र समावेशी विकासमा महत्वपूर्ण योगदान रहदै आएको छ ।
२०३० भाद्र ८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा सामान्य निम्न वर्गिय परिवारमा जन्मिएका पाण्डे सानैदेखि तिक्ष्ण वृद्धि र नेतृत्व क्षमतामा अब्बल थिए । उनले २०४६ सालमा जनता मावि हंशपुरबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका हुन् । उक्त विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने उनी नै पहिलो विद्यार्थी थिए ।

०४२/४३ मा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पाण्डेले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट विएस्सी उत्तिर्ण गरेका हुन् भने सोही क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियुको उपसभापति भएर नेतृत्व समेत गरेका थिए ।


सामुदायिक वनको अभियानमा स्थानीयस्तरदेखि जोडिएका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य हुँदै, केन्द्रीय अध्यक्ष र विश्व सामुदायिक वन सञ्जालको संयोजकको रुपमा भुमिका निर्वाह गरिसकेका छन् । उनले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएका छन् ।

अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।


२०४२/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२/६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए । सोही क्रममा काठमाडौमा एक महिना विभिन्न राजनीतिक दलका केन्द्रीय नेतासँगै हिरासत बसी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

सामुदायिक वन, सहकारी,बैंक तथा वित्तिय संस्था, सामुदायिक रेडियो, युवा उद्यमशिलता अभियान, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अनुकरणीय काम गरेका पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा समुदायको प्राकृतिक स्रोत उपरको अधिकारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले २०५४ सालमा तुलसीपुर नगरपालिकाको उपमेयर २०७४ मेयरमा लोकप्रिय मतका साथमा विजयी हासिल गरेका थिए ।


नगरप्रमुखका रुपमा मेयर पाण्डेले तुलसीपुरको समग्र विकास र समृद्धिका लागि नेपालमै नमुना कामहरु गरेका छन् । प्राविधिक शिक्षाको विकासका लागि मेट्रो कलेज र स्वास्थ्य सेवामा पहुँच र सुनिश्चितताका लागि मेट्रो हस्पिटलको स्थापना, आधुनिक कृषि बजार, अटोभिलेजको निर्माणका साथै महिला शसक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम र सुत्केरी भत्ताका साथै नेपालकै पहिलो उपमहानगरपालिकाका रुपमा खरको छानो विस्थापनका उल्लेख्य भुमिका खेलका छन् ।


नेपाल नगरपालिका संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका पाण्डे नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।


पाण्डेको नेतृत्व क्षमतालाई सम्मान गर्दै नेकपा एमालेले उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव सहित दाङ्ग क्षेत्र नम्बर ३ क बाट उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

२३ असोज, काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।

२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् । अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचनका दिन मतदाता तथा सर्वसाधारणको आवागमनलाई सहज बनाउन सीमित सार्वजनिक सवारी साधन चल्न दिने समेत निर्णय गरेको प्रमुख आयुक्त थपलियाले बताए ।

काठमाडौंमा भालुले आक्रमण गर्दा एक घाइते

काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएका हुन्। 

सोही ठाउँको जंगलको बाटो हिँड्ने क्रममा विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आक्रमण गरेको उनले बताए।

भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार घाइते भएका विमानको बोल्न सक्ने अवस्था छैन।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ सशस्त्र प्रहरीको मृत्यु

दाङ ,२२ असोज । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी रहनुभएको छ । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिनुभयो ।
चौधरीद्वय सशस्त्र प्रहरी रहेको र उँहाहरु ज्वालामाई गणमा कार्यरत हुनुहुन्थ्यो । उँहाहरु लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएर डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेको गण प्रमुख एसपी केसीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको उँहाले बताउनुभयो ।

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

२२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणकाे लागि पठाइएको छ ।

घनश्याम पाण्डे : एमालेका “मुख्यमन्त्री” उम्मेदवार


तुलसीपुर । नेकपा एमालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा घनश्याम पाण्डेलाई अगाडी सारेको छ । संघीय उम्मेदवारका रुपमा सिफारिस भएपनि सम्पूर्ण प्रदेशको नेतृत्व गर्ने गरी उनलाई दाङ्ग ३ क बाट उम्मेदवार बनाइएको हो । पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।


“प्रदेशको नेतृत्व गर्ने गरी उहाँलाई केन्द्रीय तहबाटै मुख्यमन्त्रीका रुपमा उम्मेदवार बनाइएको हो ” एमाले जिल्लास्तरीए एक नेताले बताए । २०५४ सालमा तत्कालिन तुलसीपुर नगरपालिकाको उपप्रमुख भएका पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका गेहेन्द्र गिरीसँग फराकिलो मतान्तरले विजय हासिल गरेका थिए ।

पाण्डेले नगरप्रमुखका रुपमा तुलसीपुरमा विभिन्न महत्वपूर्ण योजनाहरु सम्पन्न गरिसकेका छन् ।