तुलसीपुर उद्यमीको शहर : कार्यबाहक मेयर डाँगी


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई उद्यमीको शहरका रुपमा विकास गर्न स्थानीय सरकार कटिबद्ध भएर लागेको कार्यवाहक नगरप्रमुख सुर्यबहादुर डाँगीले वताएका छन् । कोभिड लगायत विभिन्न कारणले स्वदेश फर्किएका अनि रोजगार गुमाएकाहरुलाई उद्यमशिलता मार्फत स्वरोजगार वनाउनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएको पनि उनको भनाई थियो ।


मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको बाँसका सामग्री बनाउने तालिमको समापन गर्दै उनले जाँगर चलाए उद्यमी वन्न सकिने पनि वताए ।

“तपाईसँग भएको सीपलाई हामीले कुनै पनि हालतमा खेर जान दिदैनौ , प्रविधि, स्रोत साधन जे चाहिन्छ सहयोग गर्छाै तपाईहरु उत्पादनमा ध्यान दिनुहोस्” डाँगीले भने । उनले स्थानीय उत्पादनहरुलाई विक्री वितरण गर्नका लागि कोसेली घरको स्थापना गरिएको पनि जानकारी दिए ।


समापन कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमकी विज्ञ सदस्य पुष्पा लामिछाने, सामाजिक अभियन्ता पदम पोख्रेल, सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रवहादुर वली, पकर्रे सामुदायिक वनका अध्यक्ष लोकबहादुर रोका, प्रशिक्षक रामकुमार राई लगायतले सीकेको सीपलाई व्यवहारमा लगाउनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गरेका थिए ।


स्थानीय २० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षार्थीहरुले बाँसबाट ढकीया, कलमदानी, फुलदानी, चुरादानी, स्टे«, घडी लगायतका सामग्री बनाएका छन् । उनीहरुले सीप सिकेपछि केही गर्ने आत्मविश्वास पलाएको वताएका छन् ।

तुलसीपुरको ४ वर्षे समिक्षा, बोलेका कुरा पुरा गरेका छौ : नगरप्रमुख पाण्डे


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएको ४ वर्षको समिक्षा गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले जनताको अपेक्षा अनुसार काम गरेको बताउँदै थप नयाँ कामहरु यसै वर्ष पुरा हुने प्रतिवद्धता समेत जनाए ।

“मुलुककै नमुना उपमहानगरपालिकाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास सार्थक भएको छ ” नगरप्रमुख पाण्डे । स्थानीय सरकारकै पहलमा विकास प्राधिकरण निर्माण, अस्पताल र कलेज स्थापना लगायतका महत्वपूर्ण काम भएको पनि उनले वताए ।


“हामीले जनतलाई संघीयताको पूर्ण महसुस हुने गरी काम गरेका छौ” नगरप्रमुख पाण्डेले भने । जनतहबाट पनि राम्रा नीति र कार्यक्रम वन्न सक्छ र त्यो सबका लागि सिकाइ हुन सक्छ भन्ने उदाहरण तुलसीपुरले दिएको उनले वताए । स्रोतलाई पारदर्शी र प्रभावकारी ढँगले सञ्चालन गर्नमा प्रतिवद्ध रहेको समेत उनको भनाई थियो ।


जनअपेक्षा अनुरुप नै काम गरेको बताउँदै नगरप्रमुख पाण्डेल नीतिगत तहमा पनि महत्वपूर्ण काम भएको वताए । कार्यक्रममा बोल्दै नेकपाका नेता कृष्ण भुषालले निर्वाचनका केयौ मुद्दाहरु अझै बाँकी रहेको वताए । अर्का नेता विनोद शर्माले तुलसीपुरका कामले देशैको ध्यान तानेको कुरामा जोड दिए । नेपाली काँग्रेसका नेता जगत खड्काले प्रचारसँग काममा पनि ध्यान दिन सुझाए ।


कार्यक्रममा नेकपा माओवादीका शेषुराम भण्डारी जसपाका जीवन भण्डारी, जनमोर्चाका शुक्रराज भण्डारी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, महिला अधिकारकर्मी सुष्मा गिरी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य लगायतले धारणा राखेका थिए ।


उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले स्वागत गरेका थिए भने सञ्चालन नगर प्रवक्ता सुर्यबहादुर डाँगीले गरेका थिए ।
सो अवसरमा उपमहानगरपालिकाले चारवर्षसम्म गरेका महत्वपूर्ण कामहरुलाई समेटेको समृद्ध तुलसीपुर पुस्तक पनि लोकार्पण गरिएको थियो ।

दम्पतीकाे ईच्छा भएर पनि किन बस्दैन गर्भ ?

डा. नूतन शर्मा / स्त्रीरोग विशेषज्ञ

सामान्यतया दम्पतीले एक वर्षसम्म परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ ।

बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन्। प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । कुनै बाँझोपन जन्मैदेखि हुन्छ भने कुनै पछि मात्र हुने गर्छ।

जन्मैदेखि हुने (प्राइमरी) बाँझोपनमा पाठेघर नहुने, डिम्बाशयको विकास राम्रोसँग नहुने, पाठेघरको इन्फेक्सन भएर ट्युब ब्लक भएर हुने, उमेर कटेर डिम्बाशयमा अण्डा नै कम हुने तथा श्रीमान्को शुक्रकीट नै कम हुने अथवा शुक्रकीट नहुनेजस्ता कुराहरू पर्छन्।

गर्भ नबस्ने अर्थात बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ।

गर्भ नबस्ने एउटा प्रमुख कारण हो, पुरुषको शुक्रकिटमा खराबी या अभाव हुनु पनि हो। त्यसैगरी, महिलामा डिम्ब नबन्नु, बाँझोपन हुनुको अर्को मुख्य कारण हो । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबर देखिएको छ।

एउटा राम्रो बच्चा बस्नका लागि महिनावारीको बीचको समयमा अथवा महिनावारी भएको १४ देखि १८ दिनको बीचमा कुनै एउटा अण्डा बन्छ उक्त अण्डा डिम्बाशयबाट फुट्छ । फुटेको अण्डा ट्युबमा जान्छ र त्यहाँ बस्छ, त्यसै समयमा दम्पतीबीच शारीरिक सम्बन्ध हुन्छ भने ट्युबमा शुक्रकीट र अण्डको मिलन हुन्छ र बच्चा बन्छ ।

उक्त बच्चा करिब ४ देखि ५ दिनको समयान्तरमा पाठेघरमा आएर बस्छ । यो प्रजननको सामान्य प्रक्रिया हो । यदि डिम्बाशयमा अण्डा कम छ तथा डिम्बाशयमा कुनै पनि रोग छ भने बच्चा बस्दैन । साथै, ट्युब ब्लक भएको छ भने पनि बच्चा बस्दैन । पाठेघरमा फ्याबरोइट अथवा मासु पलाएको छ भने पनि बच्चा बस्दैन । कुनै पनि मानिसलाई थाइराइटको समस्या छ भने पनि बच्चा बस्दैन ।

स्त्रीरोग विशेषज्ञको परामर्शमा विभिन्न परीक्षण गरेपश्चात तथा एक विशेष टेस्ट इएमएचको परीक्षण गरेपश्चात सम्पूर्ण कुरा पत्ता लाग्छ ।

इएमएच परीक्षणले डिम्बाशयमा कति अण्डा छ तथा महिलामा गर्भाधारणको क्षमता कति छ भनी पत्ता लाग्छ । कुनै महिलामा कमै उमेरमा पनि डिम्बाशय छिटै सुक्छ, जसले अण्डा उत्पादन हुन सक्दैन । अण्डा उत्पादनलाई बढाउन मिल्दैन । कुनै पनि स्त्रीमा जन्मैदेखि सीमित मात्रामा अण्डा उत्पादन हुन्छ । उक्त अण्डा कसैको छिटो नै सकिन्छ भने कसैको ढिलो सकिन्छ । कसैको अण्डा ४५ वर्षसम्म पनि रहन्छ भने कसैको ३५ वर्ष नपुग्दै बन्द हुन सक्छ ।

कसैको पाठेघरमा फोहोर पानी बग्ने समस्या थियो र त्यसको उपचार नभएर तथा विभिन्न प्रजननरोगको उपचार नभएर पनि अण्डा उत्पादनमा कमी आउने गर्छ । अल्ट्रासाउन्ड गरेर पाठेघरमा के–कस्ता समस्या छन् पत्ता लगाउन सकिन्छ । श्रीमान्को शुक्रकीट परीक्षण गरेर पनि कतिपय कुरा थाहा पाउन सकिन्छ । साथै, हर्मोन परीक्षण गरेपछि मात्रै हामी एउटा निष्कर्षमा आउने गर्छौं । त्यसपश्चात् मात्रै बिरामीको कहाँ गडबडी छ भन्ने पत्ता लाग्छ ।

कुनै पनि दम्पतीमा शारीरिक सम्बन्धका लागि उपयुक्त समय नमिलेर बच्चा नभएको हुन सक्छ । कतिपय अवस्थामा थुप्रै अण्डा हुँदाहुँदै पनि अण्डा नबनेको कारण बच्चा हुँदैन । त्यस्तो अवस्थामा बिरामीको तौल अस्वाभाविक बढ्ने तथा कपाल छिटो–छिटो बढ्नेलगायत समस्या देखापर्ने गर्छन् । यस्तो अवस्थामा चिकित्सकले अण्डा बनाउनका लागि उपचार गर्ने गर्छन्।

यस्तो समस्यामा हामीले उपचारका क्रममा अण्डा दिने गर्छौं । यस्ता समस्या भएका बिरामीले खानाको मात्रा घटाउनुपर्ने हुन्छ । कुन कारणले बाँझोपनको समस्या आएको हो, त्यसैको उपचार गर्दा बच्चा हुन्छ । त्यसैगरी महिनावारीको दुई दिनमा एउटा अल्ट्रासाउन्ड गरेर डिम्बाशय ठिक छ कि छैन भनी पत्ता लगाइन्छ । त्यसैगरी महिनावारी भएको ७ अथवा ८ दिनदेखि डिम्बाशयको अल्ट्रासाउन्ड गर्दै गएर अण्डा कति बढ्दै गयो भनी पत्ता लगाउन सकिन्छ ।

उक्त समयमा अण्डा फुट्ने सुई दिने, सोही समयमै शारीरिक सम्बन्ध राख्न लगाएमा यस्तो प्रकारको बाँझोपनको समस्या हल हुन सक्छ । यो उपचार विधिले ४ महिनासम्म पनि गर्भ रहेन भने हामीले आइयुआई गर्छौं । जस्तै, कसैको श्रीमान्मा शुक्रकीटको मात्रा कम छ भने त्यस्तो अवस्थामा उनीहरूले शारीरिक सम्बन्ध राख्नुको विकल्पमा हामीले जुन दिन अण्डा फुट्ने सुई दिन्छौँ । त्यसपश्चात् बिरामीको श्रीमान्को शुक्रकीट लिएर वास गरेर राम्रो शुक्रकीट मात्र छानेर पाठेघरमा हालिदिने गर्छौं ।

कतिपय बिरामीलाई यस उपचार विधिले पनि काम नगर्ने हुन्छ । जस्तै, दुईवटा ट्युब ब्लक छ भने बच्चा बस्न सक्दैन । त्यसैगरी, महिलाको पाठेघरमा अण्डा नै छैन भने पनि बच्चा बस्न सक्दैन । शुक्रकीटको मात्रा नै छैन वा एकदमै कम छ भने पनि बच्चा बस्न सक्दैन ।

कतिपय बिरामीलाई आइयुआईले पनि हुँदैन भने कतिपयलाई आइभिएफ नै चाहिने पनि हुन्छ । आइभिएफमा उसको ट्युब ब्लक भएको छ भने सुई दिएर ८ देखि १० वटा अण्डा बनाएर बिरामीलाई बेहोस बनाएर तथा सबै अण्डा निकालेर श्रीमान्को शुक्रकीट लिएर बच्चा बनाएर इन्क्युबेटरमा ३ दिन बढाएर राम्रो बच्चा छानेर पाठेघरमा हाल्ने गरिन्छ । यो आइभिएफ हो । यो टेस्टट्युब बेबी हो । यो प्रविधि बढी सफल छ । यदि कसैमा शुक्रकीटको मात्रा एकदमै कम छ भने इक्सी प्रविधिबाट पनि बच्चा जन्माउन सकिन्छ । टेस्टट्युब बेबी पनि शतप्रतिशत सफल भने हुन्न । यो ४० देखि ५० प्रतिशत मात्रै सफल हुने गर्छ । यदि १० जनाले गरेमा ४–५ जनामा मात्रै सफल हुन्छन्।

कसैले सजिलै पत्ता लगाउन सक्छ तपाईंको मोबाइल ब्यालेन्स

काठमाडौं । यदि तपाईं नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलमा कति ब्यालेन्स छ भन्ने कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउन सक्छ । तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ?

तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत तपाईंले टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी (मान्यअवधि) थाहा पाउन सकिन्छ । तर यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ ।

हुन त तपाईंला लाग्न सक्छ, मोबाइल रिचार्ज गरेर आफ्नो ब्यालेन्स कसैले जान्न चाहन्छ भने थाहा पाओस्, के फरक पर्छ । तर यो तपाईंको व्यक्तिगत जानकारी हो । यसको अर्थ तपाईंको अनुमति बिना अर्को व्यक्तिले यस्तो जानकारी सजिलै थाहा पाउने अवस्था बन्नुहुन्न ।

तर यो विषयलाई टेलिकमका अधिकारीले सुविधाको अर्थमा व्याख्या गर्ने गरेका छन् । जानेबुझेकै आधारमा यस किसिमको व्यवस्था गरिएको टेलिकमका एक अधिकारीले बताए ।

तर साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोय यो विषयलाई कसैको बैंक खातामा थोरै रकम जम्मा गरेर उसको ब्यालेन्स थाहा पाउनु जस्तै संवेदनशील भएको बताउँछन् । ‘यो प्राइभेसी (गोपनीयता) लिक भएको विषय हो,’ उनी भन्छन्, ‘यस्तो जानकारी सम्बन्धित मोबाइलमा आउने ओटीपीको आधारमा मात्रै थाहा पाउन सकिने गरी सुरक्षित राख्न जरुरी छ ।’

त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत यो विषय गोपनीयताको दृष्टिले संवेदनशील भएको बताउँछन् । ‘प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नु सम्बन्धित सेवाप्रदायकको दायित्वको विषय हो,’ उनी भन्छन्, ‘कुनै प्रयोगकर्ताको मोबाइल ब्यालेन्स कति छ भन्ने कुरा नितान्त सम्बन्धित व्यक्तिको निजी जानकारी हो । टेलिकमले यस्तो जानकारी सार्वजनिक गर्न पाउँदैन ।

५० वर्ष माथिकालाई तुलसीपुरले अमेरीकी खाेप लगाउँदै (खाेप लगाउने ठाउँ सहित)

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबारबाट ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।

अमेरीकाबाट आएकाे जाेनसन खाेप उपमहानगरपालिकाका विभिन्न वडाबाट लगाउँन थालिएकाे काेभिड फाेकल पर्सन विमल केसीले जानकारी दिए ।

उपमहानगरपालिकाका १९ वटै वडाका विभिन्न २० स्वास्थ्य चाैकीमा खाेप लगाइने पनि फाेकल पर्सन केसीले जानकारी दिए ।

उनका अनुसार बिहान १० देखि अपरान्ह ५ बजेसम्म खोप लगाउने कार्यक्रम छ।

नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।

यी ठाउँमा लगाईनेछ खाेप

तुलसीपुरले आज चार वर्षे समिक्षा गर्दै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएकाे चारवर्षकाे समिक्षा गर्न लागेकाे छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाले चार वर्षका बिचमा पुरा गरेका उल्लेखनीय काम र पुरा हुँदै गरेका केही महत्वपूर्ण याेजनाकाे समिक्षा गर्न लागेकाे हाे । तुलसीपुरलाई स्मार्ट शहरका रुपमा विकास गर्नका लागि चार वर्षका विचमा केयाै आधारहरु तय भएकाे बताउँदै नगरप्रमखु पाण्डेले सराेकारवालाका बीचमा समिक्षा गर्न लागिएकाे पनि बताए ।

कार्यक्रममा उपस्थितिका लागि नगर प्रवक्ता सुर्यवहादुर डाँगीले सबैलाई अनुराेध गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाकाे सभाहलमा बिहिवार दिउँसाे १ बजे कार्यक्रमकाे आयाेजना गरिएकाे पनि उनले जानकारी दिए । कार्यक्रममा समृद्ध तुलसीपुर पुस्तककाे बिमाेचन समेत गरिने भएकाे छ ।

तुलसीपुरका व्यापारीले सिडियाेसंग सुरक्षा मागे

तुलसीपुर, १३ साउन । तुलसीपुरका क्षेत्रका व्यापारीहरुले सुरक्षाकाे वातावरण बनाउन माग गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्सले दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई गरेको स्वागत तथा भेटघाट कार्यक्रमा बोल्दै व्यापारीहरुले विगत भन्दा तुलनात्मक रुपमा सहज अवस्था भएपनि ढुक्क हुने अवस्था भने नभएको बताए।

पछिल्लो समय प्रशासनिक काम बाह्यक विकास निर्माणका काममा सरिक हुँदा छोटो समयमा प्रमुख जिल्ला अधिकारीले चर्चा बटुलेको भन्दै व्यापारीेलाई सुरक्षीत हुनका लागि खोपको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुङबाङले दाङको शान्ति सुरक्षा र विकासका लागि आफु गम्भिर रहेको बताए । आफु रहँदासम्म व्यापारीलाई ढुक्क भएर आफ्नो व्यापार व्यवसाय गर्ने वातावरणको अवस्था सृजना गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालको युवा नेता विनोद शर्मा, नेपाली कांग्रेसका नेता जनकप्रसाद खराल, युवा व्यवसायी बलिराम खत्री, चेम्बरका सचिव ऋषीराज भण्डारी, लगाएतले धारणा राखेका थिए । चेम्बरका उपाध्यक्ष वेणु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए।

बाँसका सामान बनाउँदै, अर्थोपार्जन गर्दै


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ की जैसरी मल्ल पकर्रेको सामुदायिक भवनमा बाँस छिल्दै थिइन । गाउँघरमा प्रसस्त पाइने बाँसबाट विभिन्न सामग्री निर्माण सम्बन्धि तालिमको छैटौ दिनमा उनी लगायतका सहभागीहरु बाँसको घडी वनाउन लागिरहेका थिए । तालिमको पाँचौदिन सम्म आउँदा उनीहरुले बाँसको मुढा मज्जाले बनाउन सक्ने भएका थिए ।


मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजको आयोजनामा भएको बाँसका सामग्री वनाउने तालिमका सहभागीहरु विभिन्न सामान वनाउन पाउँदा निकै उत्साहित देखिन्थे । “सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिदो रहेछ” सोही ठाउँका लोकबहादुर रोकाले खुसी व्यक्त गरे । उनले तालिम पश्चात व्यवसायीहरुमा उत्पादन थालिने पनि वताए ।

“बजारमा अहिले माग भएका सामानहरु बनाउने भएकाले पनि व्यवसायिक रुपमा सफल हुने विश्वास छ ” रोकाले भने । तालिममा २० जनाको सहभागिता रहेको छ । बाँसका सामग्री निर्माण थालेसँगै उनीहरुले खाली पाखोमा ५ सय बाँस समेत लगाएका छन् ।


तालिमका क्रममा मुढा, घडी, चुरा दानी, कलम दानी, स्ट्रे लगायतका विभिन्न सामान वनाइने प्रशिक्षक रामकुमार राईले जानकारी दिए । उनले सहभागीहरुमा सिक्न उत्सुकता भएका कारण तालिम फलदायी हुने पनि बताए ।

“राम्रोसँग वनाउन सकियो भने एकजनाले दैनिक ३ हजारसम्म आम्दानी गर्न सकिन्छ” प्रशिक्षक राईले भने । बाँसका सामग्रीको व्यवसाय समेत गर्दै आएका राईले पछिल्लो समय यस्ता बस्तुको माग बढेर गएको पनि बताए ।


स्थानीय रुपमा पाइने वस्तुबाट विभिन्न सामग्री वनाउँदा एकातिर आत्मनिर्भर हुने र र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले वताए । उनले कार्यक्रम मार्फत २ सय भन्दा वढिलाई यसै वर्ष स्वरोजगार बनाइएको पनि जानकारी दिए ।

कलेज मार्फत सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

तुलसीपुरमा छात्रालाई निशुल्क प्राविधिक शिक्षा


तुलसीपुर । प्राविधिक शिक्षाको विकास विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले यहाँका छात्राहरुलाई निशुल्क प्राविधिक विषय पढाउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले छात्राहरुलाई प्राविधिक शिक्षाको अवसर प्रदान गर्नका लागि बजेट समेत विनियोजन गरेको बताए ।


तुलसीपुरका विभिन्न विद्यालयमा प्राविधिक शिक्षा अध्यापन हुने गरेपनि छात्राहरुको संख्या न्युन भएका कारण यस्तो गरिएको पनि उनले वताए । “अहिलेको माग भनेको प्राविधिक विषय हो त्यसकारणले गर्दा पनि हामी सबैले प्राविधिक विषयमा जोड दिनुपर्दछ” पाण्डेले भने ।


उनले सामुदायिक विद्यालयबाट एसइइ गरेका छात्राहरुलाई तुलसीपुर बहुप्राविधिक शिक्षालय लगायतका अन्य प्राविधिक विषय सञ्चालन गरेका सामुदायिक विद्यालयमा निशुल्क अध्ययनको व्यवस्था गरिएको पनि जानकारी दिए । “डिप्लोमा तहमा पढ्न चाहने छात्राहरुले कुनै पनि शुल्क तिर्नुपर्ने हुँदैन” उनले भने ।


“हाम्रो पहलमा यहाँ प्राविधिक विषयका शिक्षालयहरु स्थापना गरेका छौ, अब छात्राहरुलाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भएको छ ” नगरप्रमुख पाण्डेले भने । उपमहानगरपालिकाले प्राविधिक विषय अध्ययन गराउनका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ भने अन्य सामुदायिक विद्यालयहरुमा पनि प्राविधिक विषय सञ्चालनका लागि सहयोग गरेको छ ।


स्थानीय सरकारको पहलमा घर आँगनमै न्युनतम शुल्कमा प्राविधिक विषय अध्ययन गराउने शिक्षालयहरु सञ्चालनमा रहेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले वताए ।


उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि छात्रालाई निशुल्क पढाउने गरी नीति र बजेट समेत ल्याइसकेको छ ।

तुलसीपुर आईपुग्याे ईन्धन ट्यांक

तुलसीपुर । तुलसीपुर विमानस्थलमा ईन्धन ट्यांक आईपुगेकाे छ । काेराेना महामारीका कारण केही समय बाेर्डरमा रहेकाे ट्यांक शनिबार तुलसीपुर आईपुगेकाे छ ।

टरिगाउँ विमानस्थलमा नियमित विमान सेवा भएपनि ईन्धन ट्यांक नहुँदा विमान भाडा केही महंगाे थियाे । लामाे समयदेखि ईन्धन डिपाे स्थापनाकाे पहल भएपनि विभिन्न कारणले आउन सकेकाे थिएन । ईन्धन डिपाे स्थापना भएपछी थप विमान सेवा सञ्चालन हुने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।