तुलसीपुरमा २५ करोडको लागतमा व्यापारीक कम्प्लेक्स बन्दै


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बहुउपयोगी व्यापारिक कम्प्लेक्स भवन निर्माणको प्रक्रिया अगाडी बढाएको छ । कम्प्लेक्स निर्माणका लागि टेण्डर आव्ह्वान भएसँगै लामो समयदेखि तुलसीपुरमा टावर निर्माण गर्ने सपना पुरा हुने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै जोडदारका साथमा टावर निर्माणको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।


“विभिन्न चरणमा टावर निर्माणका लागि छलफल भएर अन्ततः पुरा हुने भएको छ ” नगरप्रमुख पाण्डेले भने । उनले टावर तुलसीपुरको पहिचानका रुपमा मात्रै नभएर यहाँको व्यवसायका लागि फलदायी सावित हुने विश्वास व्यक्त गरे । “टावर निर्माणसँगै तुलसीपुर नयाँ अध्यायमा प्रवेश गर्नेछ ” उनले भने ।


नगर विकास कोषको ऋण सहयोगमा २५ करोडको लागतमा उपमहानगरपालिकाले टावर निर्माणका लागि टेण्डर आव्ह्वान गरेको इन्जिनियर पवन योगीले जानकारी दिए । उनले मंसिर १६ गतेसम्मको समय तोकिएको पनि वताए । उपमहानगरपालिकाको भवनदेखि उत्तरतर्फ निर्माण हुने टावर ६ तलाको हुने पनि इन्जिनियर योगीले जानकारी दिए ।


६ तलाको टावरको सबैभन्दा माथि तुलसीपुरको पहिचानका रुपमा कलात्मकरुपले टि लेखिने पनि नगरप्रमुख पाण्डेले वताए । पसलको प्रकृति र आवश्यकता अनुसार कोठाको संरचना पनि तयार हुने इन्जिनियर योगीले वताए । भवन ३ वर्षभित्रमा निर्माण भइसक्नेछ ।

जिब्रो सफा राख्ने ८ तरिका

हामी दिनहुँ दाँत माझ्छौँ। जिब्रोको सफाइमा भने उति ध्यान पुर्‍याइरहेका हुँदैनौँ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्‍याउनुपर्छ।

‘टङ क्लिनर’
बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन्। ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ। तर, जोडले रगड्नु भने हुँदैन।

नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ। यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ। जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ। सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ।

नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ।

दही
खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ।

‘भेजिटेबल ग्लिसरिन’
मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ। यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ। दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ।

नरिवलको तेल
बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ। त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ। हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ।

घ्यूकुमारीको रस
घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ। एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने। त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने। दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ।

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ। यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ। आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ।

यसरी आविष्कार भयाे एक्स रे काे

एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ। तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन्।

सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन्। उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए। कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे।  त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे।

त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे। सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए। उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ। त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो। 

यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो। 

डा सुजित कुमार झाका अनुसार रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।

बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब,  खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ। यस्तै समन्वयकारि चिकित्सा विज्ञानको एउटा संकाय हो: रेडियोलोजि एण्ड इमेजिङ वा सामान्यतया रेडियोलोजि विभाग। स्वास्थ्यखबरबाट

मोबाइलको ब्याकग्राउन्डमा यसरी सुन्नुहोस् युट्युवका भिडिओ

काठमाडौं । भिडिओ तथा अडियो सामग्रीका लागि युट्युव निकै प्रचलित छ । धेरैजसो प्रयोगकर्ताले यसका लागि युट्युवकै मोबाइल एप प्रयोग गर्छन् ।

तर युट्युव एपमा ब्याकग्राउन्ड अथवा स्क्रिन अफ हुँदा बजिरहेको भिडिओ तथा अडियो पनि रोकिन्छ । यस्तोमा केही प्रयोगकर्ताले थर्डपार्टी एपको सहारा लिइरहेका हुन्छन् । युट्युवमा आउने विज्ञापनको झन्झट त छँदैछ ।

तर यदि तपाईं युट्युवमा गीत सुन्न पारखी हुनुहुन्छ र ब्याकग्राउन्डमा  विज्ञापन बिनै युट्युवको आनन्द लिन चाहनुहुन्छ भने आज हामी तपाईंलाई सजिलो उपाय बताउँदै छौँ । त्यसो त ब्याकग्राउन्डमा युट्युव चलाउन गुगल क्रोम ब्राउजरमा रहेको डेस्कटप मोडको सहारा पनि लिन सकिन्छ । तर एउटा मोडबाट अर्को मोडमा गइरहने झन्झट र विज्ञापनको झमेलाले यो त्यति व्यवहारिक विकल्प होइन । 

विज्ञापन बिना ब्याकग्राउन्डमा युट्युव सुन्ने कसरी ? 

ब्रेभ पछिल्लो समय निकै रुचाइएको वेब ब्राउजर हो । अनलाइन विज्ञापन रोक्ने मात्र होइन, यो कुकिज र अनेक किसिमका ट्र्याकरलाई ब्लक गरी प्रयोगकर्ताको गोपनीयता कायम राख्ने कुराका लागि निकै परिचित छ ।

यो वेब ब्राउजरमा युट्युव खोल्दा डिफल्ट रूपमै त्यसमा आउने विज्ञापन ब्लक हुने गर्छन् । साथै कुकिज तथा ट्र्याकरलाई समेत यसले त्यसैगरी ब्लक गर्दछ ।

साथै यसको मोबाइल एपमा युट्युव तथा अन्य वेबसाइटका भिडिओ ब्याकग्राउन्डमा प्ले गर्न सकिने नयाँ फिचर समेत थपिएको छ । तर यो फिचर डिफल्ट रूपमा भने प्रयोग गर्न पाइँदैन  ।

यसका लागि आफ्नो मोबाइलमा ब्रेभ ब्राउजर राखिसकेपछि (यो ब्राउजर एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ) त्यसलाई खोल्नुहोस् । अब ब्राउजरको तल दायाँ कुनामा रहेको तीन थोप्ला भएको बटनमा थिच्नुहोस् र त्यसभित्र रहेको सेटिङमा प्रवेश गर्नुहोस् ।

त्यहाँ केही तल स्क्रोल गर्नुहोस् र ‘ब्याकग्राउन्ड भिडिओ प्लेब्याक’ अगाडिको टोगल (बटन) अन गर्नुहोस् । यति गरिसकेपछि तपाईंले ब्रेभ ब्राउजरमा युट्युव लगायतका भिडिओ प्ले गर्दा उक्त सामग्री ब्याकग्राउन्डमा समेत चलिरहन्छ ।

यसरी ब्याकग्राउन्डमा बजिरहेको म्युजिक तथा अडियो/भिडिओ मोबाइलको नोटिफिकेसन बारमा गएर फरवार्ड, ब्याकवार्ड र प्ले तथा पज गर्नुका साथै सोझै ब्राउजरमा पहुँच बनाउन पनि सकिन्छ  ।

स्मार्ट लाइसेन्स मङ्सिर १ बाट बाँडिने

काठमाडौं । स्मार्ट सवारी लाइसेन्स वितरणको काम मङ्सिर एक गतेबाट हुने भएको छ । विभागले समयमै कार्ड छापेर वितरण गर्न नसक्दा लामो समयदेखि लाइसेन्स वितरणको काम रोकिएको छ ।  

कोभिड महामारीका कारण स्मार्ट लाइसेन्स छपाइको काम ढिलो भएको यातायात विभागका प्रवक्ता लोकनाथ  भुषालले बताए । 

अहिले पाँच लाख ८० हजार स्मार्ट कार्ड छाप्न बाँकी रहेको उनले बताए । १४ लाख नयाँ स्मार्ट कार्ड फ्रान्सेली कम्पनी आइडिमियाले विभागलाई उपलब्ध गराउन लागेको पनि उनले बताए । फ्रान्सेली कम्पनीले विभागलाई कार्ड उपलब्ध गराउने र सोही कार्डमा विभागले सेवाग्राहीको विवरण छापेर दिने उनले बताए । 

यी कार्डहरु फागुन मसान्तसम्म विभागले आइपुग्ने भुषालले जानकारी दिए । उनका अनुसार अब आउने कार्डले आगामी असारसम्मको माग धान्न सक्छ । 

विभागले यसअघि करिब २७ करोड रुपैयाँ खर्च गरेर छापेको ३४ लाख स्मार्ट लाइसेन्स काम नलागेपछि विकल्पका रूपमा अस्थायी लाइसेन्स वितरण गरिएको थियो । क्युआर कोडसहितको यो अस्थायी लाइसेन्स एक वर्षको लागि जारी गरिएको विभागले जनाएको छ ।  

‘अहिले हामीले वितरण सुरु गरेको अस्थायी परीक्षणकालीन लाइसेन्समा क्युआर कोडसहितको बार छ,’ भुसालले भने, ‘उक्त क्युआर कोड स्क्यान गर्नका लागि मोबाइल एप समेत बनाइएको छ ।  एपमार्फत ट्राफिक प्रहरीले स्क्यान गरेर उक्त लाइसेन्स सक्कली हो वा होइन भन्ने छुट्याउन सक्छन् ।’

राष्ट्रिय जनगणनाको तयारी पूरा

–प्रकाश सिलवाल


केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडा स्तरसम्मका समन्वय संरचना तयार गरिएको छ । 

उनले पहिलो पटक देशभरकै घर तथा संरचनाको तथ्याङ्क सूचीकरण हुन लागेकाले भूकम्पलगायत विपद्का अवस्थामा राहत, पुनःस्थापना र पुनः निर्माणका लागि योजना बनाउन सघाउने बताए ।

राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा मिडिया एक्सन नेपाल (म्यान) ले आज आयोजना गरेको सञ्चार अभिमुखीकरण कार्यक्रममा युएनएफपिए नेपाल कार्यालयका अधिकृत इञ्चार्ज डा.हसिना बेगमले कोभिड– १९ को चुनौतीका बीच जनगणना हुने तयारी भएकाले यस विषयसँग सम्बन्धित मुद्दालाई सञ्चारमाध्यमले उचित स्थान दिने विश्वास व्यक्त गरिन्  ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राज्यले अघि बढाएका महत्वपूर्ण कार्यक्रममा नागरिकलाई सहभागी गराउन सञ्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै जनगणनालाई दायित्वका रुपमा लिएर अभियानकै रुपमा सही तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आग्रह गरे ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्य तथ्यका आधारमा पत्रकारले जनतालाई सुसूचित गराउनुपर्ने बताए । वरिष्ठ पत्रकार नम्रता शर्माले खोजी पत्रकारिताको समेत प्रयोगबाट जनगणना जस्ता विषयलाई यथार्थपरक रुपमा सम्पन्न गराउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन् ।

म्यानका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको पूर्वसन्ध्यामा सातै प्रदेशका करिब दुई सय पत्रकारलाई विषयवस्तुमा अभिमुखीकरण गराइएको जानकारी दिए । नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशमशेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो । राससबाट

मानसिक समस्याको कारण अति महत्वाकांक्षा

साढे एक वर्षको तनावग्रस्त जिन्दगी र अशान्तिका बीच गत वर्ष अमेरिकामा जागिर छाड्नेको रेकर्ड नै बनेको थियो । रोजगारमध्ये ४० प्रतिशतभन्दा बेरोजगार भएका थिए ।

गत वर्षभन्दा अहिले धेरैको मानसिक अवस्था फेरिएको छ । ‘गएको एक र अर्को आधा वर्ष संसारभर नै तनाव, निराशा र मानसिक जलनले धेरैलाई आहत बनाएको छ,’ नर्थ क्यारोलिनाकी विवाह तथा परिवार थेरापिस्ट जेनी चाङ भन्छिन्, ‘अहिले समय फेरिएको छ । काम गर्ने ठाउँको वातावरण पनि फेरिएको छ ।’

मास्क, सामाजिक र दूरी र ‘वर्क फ्रम होम’ नीति लागु हुनुअघि पनि धेरैले मानसिक स्वास्थ्यबारे सर्वेक्षण गर्ने गरेका थिए । कोरोना महामारीसँगै मानसिक समस्या पनि बढेको थियो ।

अहिले मृत्युको भयसँगै बढेको मानसिक समस्यामा त कमी आयो । जीवनलाई हेर्ने नयाँ सोचका कारण महामारी कम हुँदै गए पछि आफ्नै महत्त्वाकाङ्क्षा र कार्यालयको वातावरणका कारण उत्पन्न हुने ‘बर्न आउट’ समस्यामा पनि कमी आएको छ ।

चाङका अनुसार मानसिक ‘बर्न आउट’ का कारण धेरैको स्वास्थ्यमा असर गरेको छ । सबैभन्दा धेरै ‘बर्न आउट’ कोरोना महामारीअघिको समयमा मानिसहरूमा हुने गरेको थियो । सो समयमा मानिसहरू प्रमोसन र तलब वृद्धिका विषयलाई लिएर धेरै चिन्तित हुन्थे । सोही कारण धेरैको मानसिक स्वास्थ्य बिग्रने गरेको थियो ।

तलब र प्रमोसनका लागि कार्यालयमा बढी काम गरेपछि यसले मानसिक समस्या उत्पन्न हुने र परिवारमा झगडा हुने समस्या निम्तिने गरेको छ ।

यसरी बढी थकान महसुस हुनेहरूको संख्या बढ्दो क्रममा छ । उनीहरूले तय गरेको मान्यता स्वीकार नगरिएका कारण यो समुदायमा एक खालको निराशा पाइएको छ ।

संस्कार र संस्कृतिले मानसिक स्वास्थ्यमा धेरै प्रभाव पार्ने गरेको चाङ बताउँछिन् ।

सञ्चार क्षेत्रको पृष्ठभूमि भएकी उनले २० वर्षको उमेर पूरा भएलगत्तैको छरितो सञ्चार प्रणालीसँग आफूलाई अभ्यस्त राख्न ठूलो तनाव झेलेकी थिइन् ।

चाङ आफूलाई मन लागेको काम गर्नु उपयुक्त हुने बताउँछिन् । सही ढङ्गले व्यवस्थापन गर्न नसके एक किसिमको गम्भीर मानसिक सङ्कट आउने उनको भनाइ छ । मानसिक तनावको सामना गर्न कठिन भएकै कारण उनले केही समयमा सञ्चारक्षेत्र छाडेकी थिइन् ।

‘स्ट्रेस’ र ‘बर्न आउट’ दुई खाले फरक मानसिक अवस्था हुन् । तनाव दैनिकरूपले उत्पन्न हुन सक्छ ।

आफूले गरिरहेको काम एकोहोरो र चुनौतीहीन महसुस भएमा पनि मानिसमा ‘बर्न आउट’ मानसिक समस्या उत्पन्न हुन सक्छ । अनावश्यक दबाबका बीच काम गर्नु परेमा पनि यस्तो समस्या देखिन सक्छ ।

‘बर्न आउट’ को समस्या थाहा नभएरै बढ्न थाल्छ । बिस्तारै थकान महसुस हुने, कुनै कुराले उत्साहित नगराउने, एकाङ्कीपन हुने र काम गर्ने जाँगर नहुने लगायतको समस्या बढ्दै गएर यसले गम्भीर अवस्था सृजना गर्न सक्छ ।

यो समस्या बढ्दै गए व्यक्ति रमाउँदै आएका विषयमा पनि चासो लाग्न छाड्छ । दैनिक काममा पनि कुनै चासो रहँदैन । हरेक विषयमा प्रश्न सोध्ने बानी सुरु हुन्छ भने अरू मान्छेसँगको व्यवहारमा पनि परिवर्तन आउन थाल्छ ।

यसले मानिसलाई निराशाको अन्तिम चरणमा लैजान सक्छ । यसकारण पेसागत सहकर्मीले आफूमध्येको कसैलाई यो समस्या आए सुरुवाती दिनमै सतर्क रहनुपर्ने चाङ बताउँछिन् ।

अमेरिकामा गरिएको अध्ययनअनुसार ‘बर्न आउट’ गम्भीर मानसिक समस्या हो । यसैले मानिसलाई हृदयाघात समेत गराउन सक्छ । चाङका हकमा उनले पनि ‘बर्न आउट’ सँगै रुघा र निमोनियाको समस्या भोगेकी थिइन् ।

यस कारण यो मानसिक समस्या बढ्दै गएर अन्य शारीरिक समस्यामा परिणत हुने उनको अनुभव छ । ‘बर्न आउट’ को समस्या भएपछि यो हट्न धेरै समय लाग्न सक्छ । उनलाई पनि महिनौँ यस्तो समस्या भएको थियो ।

यो गम्भीर मानसिक समस्या निम्तिन नदिन चाङले केही उपाय पनि राखेकी छिन् । आफ्नो सीमाहरू बुझेर लक्ष्य निर्धारण गर्ने गरेमा यस खाले मानसिक समस्या धेरै हदसम्म समाधान हुने उनको मत छ ।

यसका अतिरिक्त जीवनयापनको शैलीमा परिवर्तन अर्को प्रमुख आधार हो । फिल्म हेर्नु, घुम्न जानु वा साथीहरूसँग बसेर रमाइलो गर्नु अर्को महत्त्वपूर्ण उपाय हुनसक्छ । आफ्नो काममा लचक हुन सक्ने आदत यो समस्या समाधानको अर्को उपाय हो ।

यो समस्या एकै रात या दिनमा हुने होइन । यसको लामो प्रक्रियाको प्रारम्भिक चरणमै ध्यान दिए गम्भीर रूप लिन पाउँदैन । तनाव बढ्दै गएको महसुस हुने बित्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

यो समस्याका कारण शरीरमा केही लक्षण देखा पर्छन् । धेरै जसो थकान महसुस हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, इम्युनिटी प्रणाली कमजोर भएर बारम्बार बिरामी भइरहने यसका शारीरिक लक्षण हुन् ।

यस खाले मानसिक रोगीमा आफैँमा शङ्का गर्ने र असफल भएको महसुस हुने हुन्छ । कसैले आफूलाई सहयोग नगरेको र सर्वत्र घेराबन्दीमा परेको महसुस हुँदै जान्छ । संसारमा आफू एक्लो भएको महसुस हुने र हरेक विषयप्रति नकारात्मक दृष्टि हुँदै जाने हुन्छ ।

यस्तो समस्या हुनेहरू जिम्मेवारीबाट पन्छिने, एक्लो बस्ने चाहने, काममा धेरै समय लगाउने; लागु पदार्थ, धूमपान र मद्यपानमा रुचि बढ्ने तथा सुत्ने समय ढिला हुने र उठ्ने समय चाँडो हुने समस्या हुन्छ ।

‘स्ट्रेस’ र ‘बर्न आउट’ उस्तै सुनिए पनि यसमा धेरै फरक छ । ‘स्ट्रेस’ धेरै कामको बोझको समयमा हान्छ, ‘बर्न आउट’ को समयमा कुनै काममा रुची नै नहुने हुन्छ ।

‘स्ट्रेस’ मा इमोसनल ग्रन्थीहरू धेरै सक्रिय हुन्छन् भने ‘बर्न आउट’ मा निष्क्रिय हुन्छन् । ‘स्ट्रेस’ ले शक्ति क्षय गराउँछ भने ‘बर्न आउट’ ले जाँगर घटाउँछ ।

मान्छे स्वाभाविकरूपमा महत्त्वाकाङ्क्षी प्राणी हो । यसै महत्त्वाकाङ्क्षाका कारण उसले मिहिनेत गरिरहेको हुन्छ । सोचौँ त ! कतै अति महत्त्वाकाङ्क्षासहितको मिहिनेत र कामको अनुचित वातावरण नै गम्भीर मानसिक रोगको कारण त बनिरहेको छैन ।

‘स्ट्रेस’ ले एन्जाइटी लगायत असन्तुलनको विकास गर्छ भने ‘बर्न आउट’ ले चरम निराशाको अवस्थामा लैजान्छ । ‘स्ट्रेस’ को सुरुवाती क्षति नै शारीरिक रूपमा हुन्छ भने ‘बर्न आउट’ का कारण सुरुवाती क्षति मानसिक अवस्थामा देखिन्छ ।

‘स्ट्रेस’ ले मान्छेलाई मार्ने सम्भावना बढी हुन्छ भने ‘बर्न आउट’ ले जीवन जिउनुको कुनै अर्थ नै नरहने अवस्थामा मान्छेलाई लैजान सक्छ ।

व्यक्ति कार्यालयमा काम गरिरहेको समयमा आफूलाई एकदमै बढी काम लगाइएको ठान्छ वा त्यो कामको महत्त्व छैन भन्ने महसुस गर्न थाल्छ भने यो नै ‘बर्न आउट’ को सबैभन्दा प्रमुख कारण हो भन्ने पत्ता गालेको छ । अन्य धेरै कारणले पनि यो मानसिक समस्या आउन सक्छ ।

आफूले गरिरहेको काम एकोहोरो र चुनौतीहीन महसुस भएमा पनि मानिसमा ‘बर्न आउट’ मानसिक समस्या उत्पन्न हुन सक्छ । अनावश्यक दबाबका बीच काम गर्नु परेमा पनि यस्तो समस्या देखिन सक्छ ।

काममा धेरै व्यस्त रहने र सामाजिक गतिविधिमा सरिक नहुने व्यक्तिमा पनि यो समस्या बढेको पाइएको छ । कसैको सहयोगविना धेरै जिम्मेवारी ग्रहण गर्नु पनि यो मानसिक समस्याको कारण हो । निद्रा नपुग्नु त यसको एउटा कारण नै हो ।

‘बर्न आउट’ समस्या निराकरणको उपाय पनि धेरै हदसम्म पत्ता लागेको छ । यो समस्या देखिएमा नजिकका साथीहरू र इष्टमित्रसँग घुलमिल गर्ने तथा मन मिल्नेसँग आफ्ना विचार र भावनाहरू राख्ने गरेमा प्रारम्भिक अवस्थाबाटै समस्या समाधान हुन सक्छ ।

सहकर्मी साथीहरूसँग मिलेर काम गर्नु ‘बर्न आउट’ समस्या हुन नदिने अर्को प्रमुख उपाय हो ।

नकारात्मक कुरा गर्नेहरूसँग सम्पर्क कम गर्ने गर्नु अर्को राम्रो उपाय हो । नयाँ साथीहरू बनाउने र घुलमिल गर्ने मानिसमा यो समस्या कम हुँदै गएको पाइएको छ ।

मान्छे स्वाभाविकरूपमा महत्त्वाकाङ्क्षी प्राणी हो । यसै महत्त्वाकाङ्क्षाका कारण उसले मिहिनेत गरिरहेको हुन्छ । सोचौँ त ! कतै अति महत्त्वाकाङ्क्षासहितको मिहिनेत र कामको अनुचित वातावरण नै गम्भीर मानसिक रोगको कारण त बनिरहेको छैन । –एजेन्सीहरूको सहयोगमा

यी हुन् दाङ जीप दुर्घटनाका घाईतेहरु

तुलसीपुर । साेमबार दाङमा भएकाे सवारी दुर्घटनाका घाईतेहरुकाे विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

१ – दंगिशरन २ दंगालपुर बस्ने बर्ष ३० की पार्बती ओली खत्री – टाउकोमा गहिरो चोट (बायाँ हात भाँचिएको)अवस्था गम्भीर ।
२– सल्यान कालिमाटी ३ सिमलकुना बस्ने बर्ष २८ की रिता खत्री – टाउको र दुबै खुट्टामा चोट – अवस्था – मध्यम ।
३– सल्यान कालीमाटी ३ बस्ने बर्ष २९ को रेशम बुढाथोकी टाउकोमा चोट – अवस्था – मध्यम ।
४– सल्यान कालीमाटी ३ बस्ने बर्ष १८ का खिमराज बुढाथोकी – दाहिने खुट्टा, बायाँ हात र कुममा चोट – अवस्थ – मध्यम ।
५– दाङ बबई २ बगाले बस्ने बर्ष २३ की पबित्रा ओली– टाउको र दुबै खुट्टामा चोट– अबस्था – मध्यम ।
६– पार्वती ओलीको छोरा बर्ष ३ को दिनेश ओली– टाउकोमा भित्री चोट– अवस्था–मध्यम ।
७– सल्यान कालिमाटी ३ कालाखोला बस्ने बर्ष अन्दाजी ५ को प्रशान्त राना– अनुहार र शरीरमा भित्रि चोट अनुहार र शरिरमा चोट– अबस्था – मध्यम ।
८– दाङको बबई २ बस्ने बर्ष ३२ की कमला बस्नेत– दाहिने हात खुट्टा र टाउकोमा चोट–अवस्था– मध्यम ।
९– दाङ तुलसीपुर १५ बस्ने बर्ष १० का प्रसान्त खत्री– शरिरमा चोट– अवस्था– मध्यम ।
१०– बाँके राप्ती सोनारी ९ बस्ने बर्ष ३५ की पबित्रा बुढाथोकी– टाउको मुखमा चोट– अवस्था– मध्यम ।
११– सल्यान कालिमाटी ३ बस्ने बर्ष १७ की सपना ओली– छाती टाउको र खुट्टामा चोट – अवस्था– मध्यम ।
१२– शान्तिनगर ४ बस्ने बर्ष ५५ की खली ओली–बाँया आँखामा र ढाडमा चोट–अवस्था– मध्यम ।
१३– बाँके कोहलपुर नगरपालिका ४ बस्ने बर्ष ३२ की दीपा ओली मुख टाउको र कम्मरमा चोट– अवस्था– मध्यम ।
१४– दीपाको छोरी बर्ष १५ की संगिता बुढाथोकी– छाति, कम्मर र खुट्टामा चोट– अवस्था मध्यम ।
१५ – दीपाको छोरी बर्ष ८ की अपेक्षा बुढाथोकी– छाति र खुट्टामा चोट – अवस्था सामान्ने ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले घाइते मध्य दंगिशरन २ दंगालपुर बस्ने बर्ष ३० की पार्बती ओली खत्रीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट थप उपचारका लागि दिउँसो पौने एक बजेतिर हेलिकोप्टर चार्टर गरि काठमाडौं लगिएको छ ।

दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते, दुईको अवस्था गम्भीर

दुर्घटनाग्रस्त गाडी ।

तुलसीपुर । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देवबकादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेको छ । 

दाङको बबई गाउँपालिका वडा–३ ठाडोखोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूलाई उपचारका लागि तुलसीपुर ल्याईएकाे छ ।

जीप दूर्घटनाकी घाईते पार्वतीको हेलिकप्टरबाट उद्दार

तुलसीपुर । सोमबार भएकाे जिप दुर्घटना परी गम्भिर घाईते भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरिएकाे छ । दुर्घटनामा परी गम्भिर घाईते भएकी दंगीशरण गाउँपालिका वडा नम्वर २ बस्ने ३० बर्षिया पावती वलीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हेलिकप्टर सल्यानरोड स्थित दुरसंचार कार्यालय पछाडी रहेको खाली जमिनमा ल्याण्ड गरेको हो ।

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । अन्य १८ जना घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।