स्थानीयबासीलेले बगरलाई बनाए वन


दिवस रेग्मी
तुलसीपुर । आज भोलि वन फडानीका समाचार दिनानुदिन संचार माध्यममा आईरहेकै हुन्छन् तर केही यस्ता ठाउँ छन् जहाँ कुनै दिन ढुङ्गा बालुवा थुुप्रिएको बगर थियो तर आज यो बगरको परिचय फेरिएर हरियो वनमा परिणत भएको छ ।


यहाँका स्थानीयबासीको पहलमा वगर अहिले शिवशक्ति सामुदायिक वनमा परिवर्तन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा रहेको बंबई नदिको किनारको वगर ११.३३ हेक्टर क्षेत्रफलमा फेैलिएको वनको रुपमा परिणत भएको छ ।


यो सामुदायिक वन सितलपुर स्थित बंबई नदीको पुलदेखि करिब पाँच सय मिटर पश्चिममा रहेको छ । वनमा ईपिल ,मसला, खयर सिसै प्रजातिका रुखहरु रहेका छन् । नदीले कटान गरि छोडेको बगर वन भएपछि गाउँलेहरुलाई अहिले घाँसपात गर्न निकै सजिलो भएको छ ।


२०५६ सालमा स्थापना भएको यो वन मा सुरुवाती स्थापनाकालको अबस्थामा १७३ उपभोक्ता रहेको र अहिले त्यो सङ्ख्या बढेर ३०० उपभोक्ता सदस्य रहेका छन् । समितिले निर्धारण गरेको मापदण्ड र कार्ययोजना अन्तर्गत घाँस दाउरा स्याउला उपभोक्ता सदस्यहरुलाई केही सहुलियत दरमा उपलब्ध गराई राखेको छ ।


उपभोक्ता सदस्यको परिवार भित्रको सदस्यको मृत्यु हुदा दाहसंस्कार गर्दा वनले १००० सेवा शुुल्क लिएर दाउरा उपलब्ध गराउदै आएको कोषाध्यक्ष गोपाल आचार्यले जानकारी दिए ।


वन संरक्षणको लागि डिभिजन वन कार्यालयले दुई लाख असी हजार सहयोग गरेको र त्यसबाट सिमेन्टका पोल सहित सात सय मिटर काडे तार लगाएको वनका अध्यक्ष रुपलाल रेग्मी वताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ आवेदन, ‌संगिता भण्डारी पनि

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका छन्। उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १६ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री विरोध खतिवडा संयोजक रहेको समितिले एक साताको समय दिँदै आवेदन माग गरेको थियो। निर्धारित समयभित्र १६ जनाले आवेदन दिएका हुन्।

यी हुन् आवेदन दिनेहरु
प्राडा संगीता भण्डारी
डा विकास लामिछाने
डा पवनजंग रायमाझी
डा प्रदीप घिमिरे शर्मा
डा भुमेश्वर आचार्य
प्राडा राजेन्द्रराज वाग्ले
डा जितनारायण यादव
डा विश्वनाथ यादव
डा रामेश कोइराला
प्राडा रेवतीरमण मल्ल
प्राडा नारायण विक्रम थापा
डा प्रवीण श्रेष्ठ
डा लक्ष्मीनारायण सिंह
डा सन्जयकुमार ठाकुर
डा ऋषिकेशनारायण श्रेष्ठ
डा प्रमोद रेग्मी

बिहिवारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए । ‘सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ’, उनले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । 

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

कोठामा हिटर बाल्दा ख्याल राख्नुपर्ने कुरा

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत भएको छ ।

वर्षा र हिमपात भएसँगै चिसो बढ्दा न्यानोका लागि हिटर प्रयोग गर्दै हुनुहुन्छ भने केही महत्वपूर्ण कुरामा ख्याल राख्नुपर्छ ।

धेरैजसोले झ्यालढोका बन्द गरी हिटरको प्रयोग गर्छन्, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । बन्द कोठामा धेरैबेर हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस सिर्जना हुन्छ । यसले विशेषगरी बालबालिका र वृद्ध–वृद्धाकाे स्वास्थ्यमा बढी नै असर गर्छ ।

अर्कोतर्फ बन्द कोठामा हिटर बाली सुत्दा शरीरमा अक्सिजनको मात्रा घट्न गई मानिसको मृत्युसम्म हुनसक्छ । यसकारण सावधानी अपनाएर मात्र हिटरकाे प्रयाेग गर्नुपर्छ ।

आज हामी हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने केही सावधानीबारे चर्चा गर्दैछौं ।

ल्हाेसारकाे सार्वजनिक विदा

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । यसको लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गर्नेछ ।

बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।

एमालेसँग पार्टी एकता गर्नु भुल हैन : अध्यक्ष दाहाल

twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् । 

आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो । 

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’ उनले भने ,’एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

एक दिन थपियाे तुलसीपुर महाेत्सव

तुलसीपुर । तुलसीपुरमा जारी ऐतिहासीक तुलसीपुर महोत्सव एक दिन थप भएको छ । महोत्सवमा आउने दर्शकहरु संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए । ‘महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्या बढिरहेको छ । महोत्सव थप्नुपर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गरेका छौ ।’ मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले भन्नुभयो । शनिबार करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शलेक अवलोक गर्ने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए।

आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगाएतका कालाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सोमबार चर्चित गायीका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगाएतका कलाकाहरुको बेजोड प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले बताए ।

सर्वसम्मत ताेडेर खानेपानीमा आधा दर्जन अध्यक्षका उम्मेदवार

तुलसीपुर । तुलसीपुर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि दलहरु बीच सर्वसम्मत हुने भनिएता पनि अध्यक्षमा आधा दर्जन उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ नेतृत्वका लागी ४० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार अध्यक्ष सहित ९ पदका लागी ४० जनाले मनोनयन दर्ता गराएका छन् । आईतवार बिहान दश बजेदेखी दिउँसो तिन बजेसम्म भएको मनोनयन दर्तामा ४१ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएको उनले जानकारी दिए ।

अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा मनोज लामीछाने, दीपक कुमार धिताल, यामकान्त भण्डारी, खेमराज वली, निर्मल कुमार आचार्य र  पवनराज बुढाथोकी रहेका छन् । यस्तैगरी उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा सीताराम शर्मा आचार्य, गिरधारी प्रसाद पौडेल, निर्मला डिसी, पुर्ण प्रसाद धिताल, नारायण प्रसाद भण्डारी , सचिवका लागी सेवकराम भण्डारी, गोपाल शर्मा भट्टराई, नर्मिला भुसाल, रन्जनकुमार गौतम, मेघराज घिमिरे र दामोदर लामिछाने गरी छ जनाको उम्मेदवारी परेको छ ।

यस्तैगरी अन्य सदस्यहरुका लागी पुरुषतर्फ पदम बहादुर खड्का, लक्ष्मण डिसी, गोविन्द चन्द, लाल बहादुर खत्री, मनिकराम भण्डारी, कमल घर्ति, सन्तोष वली, यामराज केसी र चेत बहादुर बुढाथोकी गरी ९ र महिला सदस्य तर्फ आसा डिसी, गिता कुमारी विष्ट महतरा, थमा भण्डारी, यसोदा विश्वकर्मा, खुमा वली, सविता देवकोटा, यमुना कडेल शाह, ईश्वरा केसी, सिता रोका र डिला विश्वकर्मा गरी १० जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको प्रथम नामावली आईतवार बेलुका पाँच बजे प्रकाशन गरिएको छ । सोमवार बिहान एघार बजेदेखी चार बजेसम्म संसोधन सहितको उम्मेदवारहरुको नामावली प्रकाशन गरिने संयोजक भण्डारीले जानकारी दिए । अन्तिम नामावली १४ गते प्रकाशन गरिने पनि उनले जानकारी दिए । यहि पुस १७ गते निर्वाचनबाट एक जना अध्यक्ष, उपाध्यक्ष एक जना, सचिव एक जना, कोषाध्यक्ष एक जना र सदस्यमा पाँच जना निर्वाचित हुनेछन ।

औषधी व्यवसाय मर्यादित र विश्वसनीय हुनुपर्छ

घोराही, १० पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको औषधि व्यवसायलाई थप मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङ तथा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा शनिवार घोराहीमा औषधी पसल सञ्चालन आचार संहिता कार्यान्वयन विषयक एकदिने तालिमको उद्घाटन सत्रमा बोल्दै चौधरीले व्यवसायलाई थप मर्यादित बनाउन व्यवसायीहरु नै गम्भीर हुनुपर्ने बताए ।

उनले नागरिकको पहिलो डाक्टर औषधि व्यवसायी नै भएको उल्लेख गर्दै चौधरीले सोहीअनुसारको जिम्मेवारी बहन गर्न औषधि व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सानो कमजोरीले विरामीको ज्यान तलमाथि हुने अवस्था आउने भन्दै गुणस्तरीय सेवा र सरकारी मापदण्डलाई पालना गर्न सुझाव दिए ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथी एवं औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठले औषधि व्यवसायीहरुलाई औषधि बिक्री वितरण संहिताको पालना गर्न आग्रह गरे । औषधि बिक्रीवितरण संहिता पुरानो भएकाले परिवर्तनको प्रक्रिया थालि सकिएको उल्लेख गर्दै व्यवसायलाई व्यवस्थित, मर्यादित तथा विश्वसनीय बनाउन संहिताको पालनामा जोड दिए ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाही लगायतले शुभकामना व्यक्त गरेका थिए । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगंज बाँकेले समन्वय गरेको कार्यक्रममा दाङ जिल्लाका एकसय पचासी जना मेडिकल सञ्चालकहरुको सहभागिता थियो । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाका सचिब सुनिल रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

औषधी व्यवसायी संघका जिल्ला शाखा दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिब तुफानबाबु श्रेष्ठले गरेका थिए । कार्यक्रमको तालिम सेसनमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भर्चुअल मार्फत औषधी पसल संचालन गर्दा नेपाल सरकार औषधी व्यवस्था विभागले जारी गरेको आचार संहितालाई अक्षरश पालना गरी कुशल औषधी वितरण अभ्यास (GPP) लाई पूर्ण रुपले पालना गरी व्यवसाय संचालन गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

व्यवसायीहरुलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठ, फार्मेसी अधिकृत धनबहादुर बोहरा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीनिरीक्षक झविन्द्र परियारले प्रशिक्षण दिएका थिए ।

जसले बनाए तुलसीपुरलाई लुम्बिनीकै उत्कृष्ट पालिका


तुलसीपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले दाङका सबै पालिकालाई उछिनेको छ ।

नेपालभरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकमा साथमा १० औ स्थानमा परेको छ । यस अभियानको नेतृत्व गरेका हुन् नगरप्रमुख घनश्याम पाण्डेले । उनले जनप्रतिनिधिका रुपमा आएदेखि नै डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाएका थिए ।


सबै वडामा इन्टरनेट मार्फत सेवा पुर्याएको भन्दै तुलसीपुरलाई यसभन्दा अगाडी पनि पुरस्कृत गरिएको थियो ।

स्थानीय तहहरुको जनशक्ति व्यवस्थापनको अवस्था, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्बन्धि नीतिगत व्यवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरेर ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कका आधारमा स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरिएको हो ।


नगरप्रमुख घनश्याम पाण्डेले यो सफलताले डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाउन हौसला बढेको वताए । “हामीले तुलसीपुरलाई डिजिटल वनाउने अभियानलाई थप तिव्रता दिएका छौ” उनले भने ।