कोरोनाको परीक्षणको दायरा बढ्यो, आज पनि नयाँ संक्रमित भेटिएनन्

चैत २८, २०७६

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन। यो सँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण भएका नमूनाको संख्या ३ हजार ५ सय २४ पुगेको छ। अहिले पनि ८ सय बढीको नमूना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ। ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन्।

कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शुक्रबारदेखि पिसिआरबाट नमूना परीक्षण सुरु भएसँगै परीक्षण हुने स्थान ११ पुगेको हो। अन्य जिल्लामा पनि पिसिआर जडान कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

डेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णालीबाट २५ गरी बिहिबार संकलन भएका ७ सय ९ वटा नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ

प्रतिक्रिया दिनुहोस