लमहीमा अत्यावश्यक वस्तु दैनिक ६ देखि ९ बजेसम्म किन्‍न पाइने

चैत २८, २०७६

दाङ-लकडाउनको समयमा हप्तामा तीन दिन मात्रै बजार खोल्दा भिडभाड भएपछि पुनः हरेक दिन विहान ६ बजे देखी ९ बजेसम्म दैनिक उपभोग्य वस्तु किनमेल गर्न पाइने भएको छ।

प्रहरी प्रशासनसँगको समन्वयमा उद्योग बाणिज्य संघले बजारलाई व्यवस्थित बनाउनेगरी लमही बजार क्षेत्रमा दैनिक उपभोग्य वस्तुको विक्रि गरिने उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए।

‘वडा प्रहरी कार्यालय संगको सहकार्यमा बजारमा भिडभाड हुन नदिनेगरी हरेक दिन विहान ६ देखि ९ बजेसम्म दैनिक उपभोग्य वस्तु किनमेल गर्न सकिने छ’उनले भने-‘हप्तामा तीन दिन मात्रै बजार खोल्दा मानिसहरुको भिड झनै बढेपछी भिड नहुनेगरी खाद्यान्न, तरकारी, फलफूल, डेरी खोलिने छन्।’

दाङमा आइतबार, मंगलबार र शुक्रबार दैनिक उपभोग्य वस्तुको बजार खोल्ने निर्णय गरिएको थियो। तर, मानिसको भिड धेरै भएपछी सवाधानी अपनाउदै पुनः दैनिक सामान किनमेल गर्न सकिने व्यवस्था मिलाइएको हो।

प्रतिक्रिया दिनुहोस