लकडाउनमा बजारभरी मान्छे , आफै सजग हुने की ?

चैत २८, २०७६

 

 

 

खबरशाला संवाददाता

तुलसीपुर । सरकारले कोरोना संक्रमणको प्रकोप फैलन नदिनका लागि लकडाउनको घोषणा गरेको छ । तर सरकारले घोषणा गरेको लकडाउनमा शुक्रवार दाङ्गका वजारमा भने मान्छेको बाक्लो भिड देखिएको छ । उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयले सातामा ३ दिन वजार खोल्ने अनुमति दिएको हो ।

शुक्रवार वजारमा मान्छेको बाक्लो भिड देख्दा लकडाउन खुलेको जस्तो आभाष हुन्थ्यो । “ संक्रमणको प्रकोप अझै उस्तै छ तर पनि वजारमा भिड देखिनुले थप संक्रमणको सम्भावना वढाएको छ ” एक स्थानीयले भने । उनले वजार खोलेपनि प्रशासनले वलियो निगरानी गर्नुपर्ने वताए । “प्रशासनले वास्ता नगर्दा अनावश्यक भिड मात्रै वढेको छ ” उनको भनाई थियो ।

वजारमा भिड वढ्दै जानु र नचिनेका मान्छेहरु पनि देखिनुले स्थानीयहरु आतंकित भएका छन् । प्रशासनले वजार खुलाउने गरेको तर व्यवस्थित गराउन नसकेको पनि स्थानीयको आरोप छ । “वजारलाई नियन्त्रण गर्न नसक्ने भए किन खुलाएको ” तुलसीपुर ५ का विनोद शर्माले भने । उनले मेला लागेजस्तो भिडले संक्रमणलाई थप वढाउने पनि वताए । स्थानीयहरुले पनि सजगताका साथमा किनमेल गर्नुपर्ने उनको भनाई थियो ।

उपभोग्य वस्तुका लागि वजार खोले पनि त्यसलाई व्यवस्थित तरिकाले खोल्नुपर्ने स्थानीयको भनाई छ । हरेक दिन विहान उपभोग्य वस्तुको लागि पसल खोल्ने गरिएकोमा जिल्ला प्रशासनले कार्यालयले सातामा ३ दिन आइतवार, मंगलवार र शुक्रवार वजार खोल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस