काेराेना भाइरसबाट भारतमा २५ हजार बढिकाे ज्यान गयाे

श्रावण ०२, २०७७

तुलसीपुर । भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ। हिजो १ साउनमा एकैदिन ६८० जनाको मृत्यु भएको छ। यो भारतमा कोरोनाबाट एकैदिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो।

कोरोनाभाइरस संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ। कूल संक्रमितको संख्या १० लाख नाघिसकेको छ। त्यहाँ अहिलेसम्म १० लाख पाँच हजारभन्दा बढी संक्रमित फेला परेका छन्।

निको हुने संक्रमितको संख्या ६ लाख ३६ हजार ६०२ छ। अहिले तीन लाख ३१ हजार ५०५ जना उपचाररत छन्।

हिजो एकैदिन ३२ हजार ६८२ संक्रमित फेला परे। यो एकैदिन फेला परेको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो। भारतमा बन्दबन्दी खुकुलो पारिएसँगै संक्रमितको संख्या निरन्तर उकालो लागेको छ।

विश्वमै भारत तेस्रो धेरै संक्रमित भएको देश हो। १० लाखभन्दा माथि संक्रमित संख्या पुगेका देश तीन वटा मात्र छन्। अमेरिकामा करीब ३७ लाख र ब्राजिलमा २० लाख संक्रमित छन्। भारतपछि रुसमा साढे सात लाख संक्रमित छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस